घोराही, ७ माघ । घोराही नगरपालिकाको ३९ औँ स्थापना दिवस माघ १५ गते विविध कार्यक्रम गरी मनाउने भएको छ । नगरपालिकाको विहीबार बसेको बैठकले ३९ औँ स्थापना दिवशका अवसरमा विभिन्न कार्यक्रम गर्ने निर्णय गरेको हो ।
नगरपालिकाको सर्वदलिय सर्वपक्षीय वैठकले स्थापना दिवसको अवसरमा नगरपालिकाको विकासका लागि महत्वपूर्ण योगदान पु¥याउने विभिन्न क्षेत्रका व्यक्ती तथा संस्थाहरुलाई सम्मान गर्ने भएको छ । कक्षा ८ मा एत्कृष्ट अंक ल्याउने विद्यार्थी, नगरपालिकाको विकासकालागी कलम चलाउने पत्रकार, उत्कृष्ट करदाता, टोल विकास संस्था लगायत विभिन्न क्षेत्रका व्यक्ति तथा संस्थाहरुलाई सम्मान गर्ने निर्णय आजको बैठकले गरेको छ ।
यस्तै स्थापना दिवशको अवसरमा मैत्रीपूर्ण खेलकुद प्रतियोगीता हुने भएको छ । जसमा राजनितिक दल र पत्रकारहरुबीच भलीबल प्रतियोगीता, ब्याडमीण्टन प्रतियोगीता हुने भएको छ । यसैगरी मावि स्तरिय हाजिरीजवाफ प्रतियोगीता, अन्तरविद्यालय लोक नृत्य प्रतियोगीता हुने आजको बैठकले निर्णय गरेको नगरपालिकाका सुचना अधिकारी प्रेम केसीलाई जानकारी दिए ।
