minendra rija

घोराही ७ पुस ।  नेपाली काँग्रेसका केन्द्रिय सदस्य एंव पुर्व सुचना तथा सञ्चार मन्त्री मिनेन्द्र रिजालले आन्तरिक द्धन्द्धले  देश कमजोर हुने वताएका छन ।

विहिवार नेपाली काँग्रेस क्षेत्र २ दाङले आयोजना गरेको कार्यकर्ता भेटघाटमा रिजालले  यस्तो वताएका  हुन ।

उनले एमालेको कारण मुलुकले संक्रमणकालिन अवस्था वाट पार लाग्न नसकेको आरोप लगाए । एमाले देश लाई आन्तरिक कलहमा राख्ने खोजेको भन्दैै संविधान कार्यन्वयनका लागि वाँधक वनेको आरोप लगाए । ‘संविधानका कार्यन्वयनमा जति जटिलता पैदा हुदै गएको छ । त्यो सवै जिम्मा अव एमालेले लिनु पर्छ’ उनले भन्ने मधेसवादी दलहरु  संविधानको कार्यन्वयनका लागि प्रक्रियामा आउन तयार छन । तर एमाले संसोधन लाई हटाउनु पर्ने माग राख्दै सडकमा आन्दोलनरत छ ।

जसका कारण संविधान कार्यन्वयन गर्न जोखिम सरकारले मोल्नु परेको वताए । संविधान जलाउछौ भन्नेहरु लचिलो भईसकेका छन । तर एमाले राष्ट्रवाटका नाममा आन्तरिक द्धन्द्ध निम्त्याई थालेको छ उनले भने ।  संविधानका सवै सवालमा  सदनवाट हुने भएकाले लोकतान्त्रिक मुल्य मान्यता अनुरुप एमालेहरु संवादमा आउनन उनले आग्रह गरे ।

उनले मुलुक विकासका लागि स्थानिय निर्वाचनको अति आवश्यक रहेको भन्दै स्थानिय निर्वाचनको तयारीमा लाग्न कार्यकर्ताहरुलाई निर्देशन दिए । २० वर्ष देखी स्थानिय निकायहरु जनप्रतिनिधि विहिन छ यसकै कारण मुलुकको अवस्था अस्तव्यस्त छ । उनले भने  जस्तो सुकै अवस्थामा सर्वदलिय सहमति कायम गरि निर्वाचन गरिनु पर्छ । उनले भन्ने अव पुनः काँग्रेसलाई मुलुकको पहिलो पार्टी वनाउने लक्ष्यका साथ कार्यकर्ताहरु गाँउगाँउमा जान निर्देशन समेत दिए ।

 उनले भन्ने पहिलो निर्वाचनमा काँग्रेस पहिलो पार्टीका रुपमा निर्वाचित भयो । तर अहिले प्रतिपस्र्धीहरु निकै चलखेलमा लागेका छन । जसका कारण दुरदराजमा रहेका नेपाली काँग्रेसका कार्यकर्ताहरु लाई निकै चिन्ता र चाँसो छ । अव काँग्रेस कसरी अगाडी लैजाने भन्ने  चिन्ता  र चाँसो तपाइहरुको पनि हुनु पर्छ   ।

गुठ र उपगुठका कारण काँग्रेस भित्र भित्रै वाँझिएकाले भन्दै अव आफै भित्रको गुठवन्दीको अन्त्य गरी पार्टी शशक्तिकरण विकासका कार्यकर्ता परिचालित हुन पर्ने वताए । उनले भने स्थानिय निर्वाचनको मिति अझै तय भएको छैन । आगामी चैत्र सम्ममा हुने भन्ने सरकारको तयारी छ । तर काँग्रेस आज वाट स्थानिय निर्वाचनको तयारी गर्न आवश्यक छ ।

कार्यक्रममा सांसद  अनिता देवकोटा र शुशिला चौधरीले  दाङमा काँग्रेसको वलियो सम्भावना भएको वताए । वहुमत हात पार्नका लागि कार्यकर्ताहरु प्रयासले गर्नु पर्नेमा जोड दिएका थिए । क्षेत्र न. २ का क्षेत्रिय सभापति  गिरिराज सुवेदीकोे अध्यक्षतामा कार्यक्रम भएको थियो ।

कार्यक्रममा निर्वतमान सभापति  घनश्याम रेग्मी , पुर्व सह–सभापति मोहनलाल ओली , नेपाली काँग्रेस दाङका सचिव शंकर प्रसाद डाँगी , महा समिति सदस्यहरु , कमल किशोर घिमिरे , प्रदिप शर्मा , नुमानन्द सुवेदी , लाल महोमद मिया , खगराज पाण्डे , महाधिवेशन प्रतिनिधि पुष्पा श्रेष्ठ , जिल्ला सदस्य दामोदर रेग्मी , खलसिंह विक , तरुण दलका जिल्ला अध्यक्ष टिका घर्ति , नेविसंघ क्षेत्र नं २ का सचिव बलदेव मल्ल, महाधिवेशन प्रतिनिधि भेषराज खत्री , ईकाई सभापति हरु  टंक वहादुर घर्ति  , ज्ञान वहादुर रायमाझी , ईश्वरी पाण्डे ,द्रोधन पाण्डे , वेद प्रकाश चौधरी र  युवराज आचार्य  लगाएतकाले मन्तव्य व्यक्त गरेका थिए ।

क्षेत्र न. २ का सदस्य  टंक प्रसाद ज्ञवालीको स्वागत मन्तव्य वाट शुुरु भएको कार्यक्रमको सहजीकरण सचिव दिपेन्द्र थापाले गरेका थिए ।

आज क्षेत्र नं तीनको प्रशिक्षण
 यसैविच क्षेत्र नं. ३ ले आज पार्टी कार्यालय घोराहीमा मध्यान्ह्  साढे १२ वजे कार्यकर्ता भेटघाट  गर्ने भएको छ । क्षेत्र नं ३ का सभापति भुप वहादुर डाँगी र सचिव वद्री कुमार खड्काले विहिवार एक विज्ञप्ती जारी गर्दै यस्तो जानकारी दिएका छन । पार्टी कार्यालय घोराहीमा हुने कार्यक्रममा उपस्थितिका लागि सवैमा आग्रह गरिएको छ ।