rifresh centra

दिपक बोहरा  / तुलसीपुर ७ पुस । प्रहरी कै अगाडी फोहरको डङगुर हुदा अवस्था कस्तो होला । आफनै अगाडि फोर थुपारिदा प्रहरीले के गर्ला भन्दा त्यस्तालाई कारवाही गर्छ भन्ने हामी सबैलाई लाग्न सक्छ । तर राप्ती राजमार्ग अन्तरगत तुलसीपुरमा राखिएको प्रहरी चेक तथा रिप्रेस सेन्टर अगाडी फोहरले बस्ती नै दुरगन्धीत हुदा पनि प्रहरी मौन बसेको छ । फोहर नियन्त्रण गर्न सकेको छैन । नत त्यस सम्बन्धी सचेतना नै बढाएको छ ।

यात्रुहरुले गाडिबाट फोहर फाल्दा तुलसीपुर ४ टिक्रापातुमा रहेको प्रहरी चेक पोष्ट नजिक दुर्गन्धित बनेको छ ।  राप्ती राजमार्ग अन्तरगत सल्यानरोडमा पर्ने रिफेस सेन्टर र प्रहरी चेकपोष्ट नजिक यात्रुहरुले फोहरका प्लाष्टिक विना सुरक्षा फाल्दा दुर्गन्ध फैलिएको स्थानियले गुनासो गरेका छन् ।

रुकुम, सल्यानबाट आउने गाडिका यात्रुहरुले  चेकिङ्गका लागि रोकिराखेको अबस्थामा फोहोर फाल्दा त्यो अवस्था आएको स्थानीयको भनाई छ । स्थानिय भिमसेन केसीले त्यो फोहरलाई ब्यवस्थापन गर्न नगरपालिकाले चासो दिनु पर्छ ।

गाडिबाट फोहर फाल्नेलाई जरिवाना गर्ने नेपाल यातायात ब्यबसायी राष्ट्रिय महासंघ तथा स्थानिय बिकास मन्त्रालयले सहमति पनि गरिसकेका छन् । तर त्यो सहमति लागु भएको छैन् । अगाडि प्रहरीले चेकिङ्ग गरिरहेका हुन्छन, गाडिबाट यात्रुले फोहर फालिरहेका हुन्छन् । त्यस बिषयमा चेकिङ्गमा खटिएका प्रहरीले पनि कुनै चासो नदेखाएको स्थानिय चिरन्जीबि अधिकारीले बताए ।

 ‘ हामीले त्यहाँ फोहर नफाल्न तथा फोहर फाल्नेलाई कानुन बमोजिम कारबाहीको दायरामा ल्याउन पटक पटक आग्रह ग¥यौ’ अधिकारीले भने ‘ तर प्रहरीले हामीले भनेको कुरालाई सुनेको छैन । स्थानियको जनजीवनमाथि खेलवाड हुने काम भएको छ । ’

सल्यान रुकुमा आउने जाने गाडिले बान्ता गरेको प्लाष्टिक, प्लाष्टिकका बोतललगायतका फोहर फाल्ने गरेका छन् । त्यही फोहरले गर्दा त्यहाँ नजिकैको रिर्फेस सेन्टर पनि दुर्गन्धित बनेको छ । एक स्थानीयले भने ।  जसले गर्दा तुलसीपुर उद्योग बाणिज्य संघ र नगरपालिकाले थालेको क्लिन तुलसीपुर ग्रीन तुलसीपुर अभियानलाई नै चुनौति थपिदिएको छ ।

अधिकारीले प्रहरीले चेकिङ्गका लागि गाडि रोक्दा यात्रुलाई पनि फोहर नफाल्न भन्नु पर्छ, अटेर गरेमा कारबाही जरिवाना पनि गर्नुपर्ने वताए ।’ चेकिङ्गमा बसेका प्रहरीले  यात्रुहरुलाई फोहर फाल्न नदिने तथा फोहर फाल्नेलाई कानुन अनुसार कारबाही गर्ने हो भने मात्रै त्यहाँको फोहर ब्यबस्थापन सम्भब हुने उनको तर्क छ ।

यात्रुहरुलाई फोहर फाल्न नदिन  ईलाका प्रहरी कार्यालय तुलसीपुरले  चेकिङ्गमा खटिएका प्रहरीलाई निर्देशन दिने जनाएको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी लोकनाथ तिम्सिनाले यात्रुहरुलाई फोहरफाल्न नदिन चेकिङ्गमा खटिएका प्रहरीलाई निर्देशन दिने राप्ती समाचारलाई बताए ।

 पुस १ गते देखी देशैभर लागु गर्न सबै यातायात ब्यबसायीलाई निर्देशन पनि दिईसकेको छ  । तर त्यो पुर्णरुपमा लागु हुन सकेको छैन् ।   सवारीबाट यात्रा गर्दा सार्वजनिक स्थल तथा सडकमा कुनै पनि फोहोरजन्य पदार्थ ( बान्ता, प्लास्टिक बोतल, खानेकुराको अवशेष, प्लास्टिक झोला, कागज आदि) जथाभावी फाल्दा  वातावरणमा समेत प्रभाव परेकाले निषेध गरिएको फोहरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्रले जानकारी दिएको छ ।
नियमको उल्लङ्घन गर्ने व्यक्ति, संस्था वा सवारीका सञ्चालकलाई फोहरमैला व्यवस्थापन ऐन, २०६८ बमोजिम पाँचय सय देखि  पाँच हजारसम्म जरिवाना र तीन महिनासम्म कैद गर्ने सहमति भएको थियो । सवारीबाट सार्वजनिकस्थल वा सडकमा फोहर फाल्नेको  नामनामेसी सार्वजनिक गर्न केन्द्रले स्थानीय निकायलाई निर्देश पनि गरेको छ ।

यो व्यवस्था कार्यान्वयनको अनुगमन गर्न स्थानीय निकायले निर्देशन गरिएको छ ।  यो व्यवस्थामा सडकमा थुक्नेलाई समेत पाँचसय रुपैयाँ जरिवाना लाग्ने छ । राप्ती समाचार