दाङ, ७ माघ । प्राविधीक शिक्षाको स्तर उन्नतिका लागि दाङको घोराहीमा सञ्चालित धार्मीक महोत्सव एवं श्रीमाद्भागवत सप्ताह ज्ञान महायज्ञ २०७३ मा महायज्ञ आयोजक मूल समितिका अध्यक्ष गोविन्दप्रसाद न्यौपानेले ५ लाख बढी रकम दान दिएका छन् ।

IMG_0090पद्मोदय पब्लिक नमुना माध्यामीक विद्यालय घोराही ११ भरतपुरको आयोजनामा विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि एवं स्तरिय प्राविधीक शिक्षालय सञ्चालनार्थ “सबै धर्मबीच एकता, हामी सबैले बुझौ प्राविधीक शिक्षाको आवश्यकता” भन्ने मुल नारामा साथ घोराहीमा माघ ३ गतेदेखी सुरु भएको महायज्ञका चौथो दिन न्यौपानेले ५ लाख ५ हजार ५ सय ५५ रुपैया दान गरेका हुन् ।

न्यौपाने विद्यालयका पूर्व प्रधानध्यापक पनि हुन् ।