दाङ ७ पुस । तुलसीपुर बालापुर सडक निमार्णको जिम्मा लिएको निमार्ण कम्पनी कालो सुचीमा परेको छ । निमार्णको जिम्मा लिएको लामो समय सम्म काम सुरु नगरको र निमार्णमा लापरवाही गरेको भन्दै मध्यपश्चिम सडक डिभिजन कार्यालय दाङले नेपाल प्रगति बोखिम एण्ड सन जेभी विशालनगरलाई कालो सुची राखेको हो ।
कार्यालयले तुलसीपुर सुर्खेत सडक खण्डको दोघरे हुदै बालापुर पाएका छिटो काम सम्पन्न गर्न पटक/पटक आग्रह गर्दा पनि काममा ढिलाई गरेपछि ठेक्का सम्झौता भंग गर्दै कालो सुचीमा राखिएको सडक डिभिजन कार्यालयका प्रमुख शिरप्रसाद घिमिरेले जानकारी दिए ।
२०७० साल मंसिर २१ गते ठेक्का सम्झौता गरेर २०७१ चैत्र २० गते काम सक्नु पर्ने भए पनि निर्माण कम्पनीले काम नगर्दा समस्या उत्पन्न भएको र त्यस्ता निमार्ण कम्पनीले आगामी दिनमा पनि काम गर्न नसक्ने भन्दै ठेक्का सम्झौता भंग गर्दै कालो सूचिमा राखिएको छ ।
निर्माण कम्पनीलाई पछिल्लो जेठ १४ गते सुचना गरेर काम सुरु गर्न निर्देशन गरेको र निमार्ण कम्पनीले काम सुरु गर्ने प्रतिबद्धता जनाए पनि अहिले सम्म काम नहुदा ठेक्का सम्झौताको दफा ५७ को उपदफा ५७ दशमलब २ तथा सार्वजनिक खरिद ऐन २०६३ को दफा ५९ को उपदफा ७ अनुसार ठेक्का सम्झौता भंग गरि कालो सुचीमा राखिएको प्रमुख घिमिरेले जानकारी दिए । निर्माण कम्पनीले ७ करोड रुपैयाँमा ठेक्का सम्झौता गरेको र ३ करोड रुपैयाँको मात्रै काम गरेको छ ।
सडक डिभिजन कार्यालय दाङले सार्वजनिक रुपमा सुचना नै प्रकासन गरि २ बर्षका लागि कुनै पनि निर्माणको जिम्मा लिन नपाउने गरी कार्वाही भएको जनाएको छ । यसै बीच दोघरे बलापुर सडक संघर्ष समितिले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । सडक डिभिजन कार्यालय दाङको लापर्वाहीका कारण सडक कालोपत्रे गर्ने काममा ढिलाइ भइरहेको भन्दै दबाब दिन आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको संघर्ष समितिका अध्यक्ष दशरथ वलीले जानकारी दिए ।
अध्यक्ष वलीका अनुसार शुक्रबार तुलसीपुर हापुरे सुर्खेत सडक चार घन्टा चक्काजाम गर्ने, आइतबार सडक डिभिजन कार्यालय दाङमा तालावन्दि गर्ने र सोमबार देखि अनिश्चितकालीन पश्चिम सडक चक्का जाम गर्ने कार्यक्रम रहेको वलीले वताए । पटक पटक स्थानिय जनताको मागको सुनुवाई नभएकाले भन्दै यस पटक आन्दोलन चर्काइउको समिसितले जनाएको छ ।
कालो पत्रे निर्माण गर्ने जिम्मा पाएका ठेकेदार १७ महिना अघि काम पुरा नगरेर भागे पछि स्थानियहरु विभिन्न समयमा आन्दोलित हुदै आएका छन् । एस अघि स्थानियले प्रतिव्यक्ति एक रुपैयाँ उठाएर सडक डिभिजनमा पैसा बुझाउने देखि, सडक चक्काजाम, ज्ञापन पत्र बुझाउने लगाएका आन्दोलनका कार्यक्रम गर्दे आएका छन । यति गर्दा पनि माग सुनुवाई नभए पछि अब सडक डिभिजनमै ताला वन्दी गर्न लागेको स्थानिय जितबहादुर खड्काले वताए ।
साढे सात करोडमा तुुलसीपुरको दोघरे देखि बालापुर सम्मको ५ किलोमिटर सडक कालो पत्रे गर्ने जिम्मा लिएका नेपाल प्रगति एण्ड बोखिम कन्ट्रक्सन जेभिका विनोद बोहरा तीन करोड रुपैयाँ लिएर काममा फर्किएका छैनन ।
