घोराही, ७ माघ । जिल्लामा सञ्चालन भएको लागुऔषध दुव्र्यसन विरुद्धको सचेतना अभियान अन्तरगत दिपशीखा कलेजमा आज सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

rkkवडा प्रहररी कार्यालय घोराहीसँगको समन्वयमा सामुदायीक प्रहरी सेवा केन्द्र दाङले सञ्चालन गरेको अभियान अन्तगत घोराही क्षेत्रमा रहेका प्लस टु तथा क्याम्पसहरुमा तीव्र रुपमा सञ्चालन भईरहेको कार्यक्रम अन्तरगत दिपशीखामा कार्यक्रम भएको हो ।

केन्द्रका सचिव आर.के.शीतलको अध्यक्षता एवं क्याम्पस प्रमुख प्रतिराज बस्नेतको प्रमुख आतिथ्य र वडा प्रहरी कार्यालय घोराहीका प्रमुख प्रहरी निरिक्षक सुर्यबहादुर थापाको विशिष्ठ आतिथ्यमा कार्यक्रम भएको थियो ।

कार्यक्रममा वडा प्रहरी कार्यालय घोराहीका प्रमुख प्रहरी निरिक्षक सुर्यबहादुर थापाले लागुऔषध भनेको के हो, लागु औषध दुव्यर्सन, दुव्यर्सनी बन्नुका कारण, लक्षण, असर, बच्ने उपाय लगायतका विषयमा प्रशीक्षण दिएका थिए । उनले प्रहरी, सामुदायीक प्रहरी, प्रहरीको काम, कर्तव्य र अधिकार, अपराध नियन्त्रणकालागी नागरिकको भूमीका लगायतका विषयमा जानकारी गराएका थिए । कार्यक्रममा सहभागीहरुले अपराध नियन्त्रणका लागि र समाजमा शान्ति सुरक्षा कायम गर्नका लागि लागीपर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।