तुलसीपुर, ५ माघ । प्रजतन्त्र सेनानी शेर वहादुर खड्काको निधन भएको छ । दाङ सतवरियां निवासी ८३ वर्षीय खड्काको मंगलवार राति नेपालगञ्जमा उपचारका क्रममा निधन भएको नेपाली कांग्रेस दाङका सचिव शंकर प्रसाद डांगीले जानकारी दिए ।
खड्का नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पुर्व गृहमन्त्रि खुमवहादुर खड्काका दाई हुन् । यसैबीच खड्काको निधनप्रति कांग्रेस दाङले दुख व्यक्त गरेको छ ।
कांग्रेस दाङका सभापति कृतिवहादुर खड्का र सचिव शंकर प्रसाद डांगीले शोक वक्तव्य जारि गरि खड्काको निधनमा शोक प्रकट गरेका छन् ।
