शरद रेग्मी
दाङ, ५ माघ । दाङको तुलसीपुरमा सुरु हुन लागेको मध्यपश्चिम क्षेत्रिय व्यापारीक तथा पर्यटन महोत्सव एवम् औद्योगिक कृषि मेला २०७३ को तयारी लाई तिव्र पारिएको छ ।

mla11तुलसीपुर उद्योग वाणिज्य संघको जनामा ७ वर्ष पछि संचालन हुन लागको क्षेत्रिय स्तरको महोत्सवलाई सफल पार्न आयोजक संस्थाले विभिन्न उपसमिति एवं जिल्लामा क्रियाशिल संघ संस्था , तथा शुरक्षा निकाय संग छलफल गरेको छ ।

मूल आयोजक समितिले वुधवार जिल्ला सबै शुरक्षा निकाय लगायत नेपाल पूर्व प्रहरी संगठन संग छलफल गरेको तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष एवं मध्यपश्चिम क्षेत्रीय व्यापारिक तथा पर्यटन महोत्सव मूल आयोजक समिति का संयोजक विमल रिजालले जानकारी दिए ।

आयोजना स्थल अरनिको मैदानमा स्टलहरु निर्माण गर्ने काम, वजारका विभिन्न भागहरुमा स्वागत द्धार निर्माण , प्रचार प्रसार कार्यलाई तिव्र पारिएको संयोजक रिजालले जानकारी दिए ।

बुधवार सुरक्षा उपसमितिका संयोजक टेकन प्रसाद वस्नेत९हिमाल०को अध्यक्षतामा वसेको बैठकमा सहभागीले महोत्सव अवधिभर, दर्शक, स्टल र कलाकारहरुको सुरक्षालाई चुस्त दुरुस्त वनाउन सबै निकायको सहयोग आवश्यक पर्ने वताएका छन् ।

कार्यक्रममा इलाका प्रशासन कार्यालय तुलसीपुरका प्रमुख धन वहादुर केसी, सशस्त्र प्रहरी शुरक्षा वेश क्याम्प तुलसीपुरका प्रमुख डिएसपी अर्जुनप्रसाद सापकोटा, इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक प्रकाश चन्द्र गुप्ता, पूर्व प्रहरी संगठनका खुशल वहादुर आले, नरेश कुमार डांगी, चिरन्जीवी रिजाल, वाणिज्य संघका उपाध्यक्ष सेवकराम भण्डारी,महासचिव नेत्रलाल वली, मानार्थ सदस्य पुर्ण प्रसाद धिताल, समाजसेवी गोपीनाथ योगी, प्रेम योगी , पवित्रा धिताल लगायतले आफ्ना विचार राखेका थिए ।