दाङमा सञ्चालित मिस दाङ २०१६ को फोटो सुट सकिएको छ । पेजथ्री ईन्टरटेन्मेन्ट प्रालीको आयोजना तथा हेप्पी प्लानेट मुभि र रोहित अधिकारी फिल्मस्को सहकार्यमा भैरहेको मिस दाङ २०१६ को फोटो सुट सम्पन्न भएको हो ।
जिल्लाको पर्यटकिय स्थल घोराही ७ बाह्रकुने दह परिसरमा १४ जना सहभागीको फोटो सुट गरीएको हो । दाङका फोटोग्राफर अभिलाष राजभण्डारीले फोटो सुट गर्नुभएको हो ।
जिल्लाको पर्यटकिय रुपमा विकास भएको बाह्रकुने दहको प्रचारप्रसार र सहभागिहरुको क्षमता विकासका लागि फोटो सुट कार्यक्रम गरीएको फोटो ग्राफर राजभण्डारीले जानकारी दिनुभएको छ । फोटोसुटले मिस दाङ २०१६ मा सहभागि भएकाहरुको आत्मविस्वासमा अभिबृद्धि, फोटो सुटको बारेमा जानकारी हुने पेज थ्रीको निर्देशक रुपक थापाले बताउनुभयो ।
पछिल्लो समय मोडलिङको क्षेत्रमा प्रबेश गर्न चाहने युवतीहरुको लागि मिस दाङ संग सम्बन्धीत कार्यक्रमहरु प्रभाबकारी बन्दै आएका छन । मिस दाङ २०१६ मा दाङलाई कर्मथलो बनाउदै आएका विभिन्न जिल्लाका १७ देखि १९ वर्ष उमेर समुहका युवतीहरु सहभागि भएका छन् । आयोजकका अनुसार कार्यक्रम अन्र्तगत ट्यालेन्ट राउण्ड यहि माघ ८ गते भिंग्रेली भिलेज रिसोर्टमा हुने भएको छ ।
