वाग्लुङ्ग बोहरागाउँ–७ का सन्तबहादुर घर्ती आफ्नो सानो र सुखी परिवार लाइ एक गाँस खुवाउने र एकसरो लगाउने मिठो सपना बोक्दै साहुबाट महंग्गो ब्याजमा कर्जो कारेर मलेसिया पुगेका थिए । समय समयमा घरमा सम्पर्क गरेर अनेकन सपना बोक्दै खुसि साथ दैनिक डिउटीमा खट्ने सन्तबहादुरको स्वर्णिम सपनामा गत वैशाख १४ गते अनिष्ठको कालो बादल मडारियो कारण उनले त्यो दिन आफ्नो घरमा आगलागी भएको र आफ्ना दुइ मुटुका टुक्रा आगलागीमा परेर देह त्यागेको खबर सुने । आगोमा परेर उनले आफ्नो पाँच वर्षीया छोरी समुद्र र डेढ बर्षीय छोरा मनोजले संसार छाडेको खबरले उनलाई पर्नु ब्रजपात पर्यो ।

prem Newsआफ्ना सन्तानले संसार छाडेर गएपछि आफ्नी जीवन साथीको कस्तो बेजोग होला भन्दै सहारा दिनका लागि सन्तबहादुर कामलाई छोडेर घर फर्के । उनि घर आउँदा श्रीमती थिइनन् । उनले गाँउमा सोध खोज गर्दा देवीस्थान–४ का २२ बर्षीय भिमबहादुर उनको घरमा बसेको र भिमबाहादुर र उनकी श्रीमतीको बिचमा अनितिक संबन्ध हुन सक्ने सुइँको पाएपछि उनले भिमबहादुरको नाममा किटानी जाहेरी दिए

उनको जाहेरीको आधारमा प्रहरीले भिमबहादुर र कमला लाइ पक्राउ गर्यो। पक्राउ गरेपछि खुल्यो कि उनीहरूको आगोको कारण मृत्यु नभई क्रुर हत्या भएको रहेछ । घरमा अरु कोहि नभएको मौका छोपी कमलाको घरमा पुगेका भीमबहादुरले कमलालाई आफु संग जाउँ भन्दा कमलाले बच्चा हरुलाई छोडेर जान नासक्कने बताएपछि कमला लाइ लिनका लागि बच्चा लाइ पालैपालो घाटी थिचेर मारेको कुरा वाग्लुङ सदरमुकाममा जिल्ला प्रहरी कार्यालयले गरेको पत्रकार सम्मेलनमा डिएसपी चक्रबहादुर सिंहले बताए । , ‘निज भण्डारीले साँढे दुई वर्षअघि देखि कमलासँग प्रेम सम्वन्ध रहँदै आएको स्वीकार गरेको छ ।

भिमबहादुरले बच्चाहरूको हत्या गरी गहुँको नल ल्याएर घरमा आगो लगाइदिएको उनकै बयानबाट पुष्टि भएको छ । घटनापछि २३ बर्षीया कमलासँगै भागेका दुवै जनालाई वुर्तिवाङ्ग प्रहरीले बुधवार पक्राउ गरेको थियो । गाउँलेको सूचनाको आधारमा किटानी जाहेरी दिए । घटना भएको तीन दिनअघि देखि भिमबहादुर कमलाकोमा बसेको जानकारी पाएपछि सन्तबहादुरले दिएको जाहेरीपछि प्रहरीले अनुसन्धान थालेको थियो ।

श्रोत – रातोपाटी