पर्यटक हरुका लागि हाम्रो देश हरेक दृष्टीले आकर्षक मानिन्छ । यहाँको प्राकृतिक सुन्दरता विश्वमा प्रसिद्ध छ । पहाड तराइको आकर्षक बनोट , हिमशृंखला हरुको अनुपम सौन्दर्य नदी ,नाला, ताल, झरनाहरुको मनोहारिता यहाँका सम्पत्ती हुन् । यस मध्य यसियाको बिशाल उपत्यका दाङ त अझ स्वर्णिम सहर हो । यसै शिलशिलामा पर्यटन व्यवसायमा निजि क्षेत्रको भूमिकाका बिषयमा केन्द्रित रहेर इन्द्रेणी अनलाइनका शान्तकुमार बुढाले दाङ जिल्ला उद्योग वाणिज्य संघ का उपाध्यक्ष खड्ग बुढाथोकी संग गरेको कुराकानीको सम्पादित अंश ।
पर्यटक भनेको के हो ?
नयाँ ठाउँ नयाँ वस्तु वा कुनै पनि नया ठाउँमा भएका प्राकृतिक सामाजिक वा सांस्कृतिक कुराहरु प्रति आकर्षित भएर अवलोकन गर्न आउने व्यक्तिहरुलाई नै पर्यटक भनिन्छ ।
दाङमा पर्यटन व्यवसायको अवस्था कस्तो छ ?
दाङमा पर्यटन व्यवसायको अवस्था अत्यन्त राम्रो छ । प्रचुर मात्रामा पर्यटनका सम्भाव्य ठाँउहरु पनि छन् । मानिसको बुझाईमा सामान्यतया पर्यटन भनेपछि ताल तलैया, मठ मन्दिर, प्रकृती लाई मात्र रहेको छ तर यी कुरा मात्र नभएर कुनै ठाउँको नयाँ रुप वा पहिचान त्यो जे सुकै क्षेत्रमा पनि हुन सक्छ जस्तो होटल व्यवसाय, सामुदायीक वन लगाएतका क्षेत्रहरुमा पनि पर्यटनको निम्ती विकास गर्न सक्छौँ । दाङ एसियाकौ ठुलो राजधानी भएकौ कारणले पनि पर्यटनको प्रसस्त सम्भाव्यता छ र यसलाई चिनाउनका तिमित्त दाङ्गालीहरु वा निजी क्षेत्र अगाडि वढ्नुपर्छ यो सवैको दाइत्व हो । त्यसो गर्न सके दाङ्गमा पर्यटन व्यवसायको अवस्था उज्वल नै देखिन्छ ।
दाङमा पर्यटन व्यवसायको लागि निजी क्षेत्रले कस्तो किसीमको तयारी गर्दै छ ?
पर्यटन व्यवसाय प्रवर्धनको लागि निजी क्षेत्र धेरै लामो समय देखि लागिपरेको छ । हामिले पर्यटन क्षेत्रमा निकैनै अगाडि फड्को मारिसकेबेका छौँ पोखरा जस्तो पर्यटकीय क्षेत्रमा पनि हेर्नेहो भने निजी क्षेत्रले धेरै कामहरु गरेको छ । त्यसैे अनुरुप दाङ्गमा पनि निजी क्षेत्रले दाङ्गमा पर्यटकीय सम्भावना छ भनेर भरर्खरै सम्पन्न औधोगिक व्यापारिक तथा पर्यटन महोत्सवमा पनि हामीले मुल नारा नै पर्यठनलाई वनाएका थियौ । पर्यटकिय स्थानहरुलाई अवलोकनका लागि क्यालेन्डर, पोस्टर, पम्पलेट वनाएका थियौ । निजी क्षेत्रले पर्यटन लाई प्याकेजको रुपमा लौजानुपर्छ भन्ने मान्यता हमिले वोकेका छौँ । हामिले आज पनि लुम्विनी देखि दाङ्ग सम्मको दुरी २ घण्टाको मात्र छ र लुम्विनी आएका पर्यटन लाई राप्तीमा अथवा दाङ्गमा भित्राउनको निम्ती के के सम्भाव्य छन् भनेर निजी क्षेत्रले अध्ययन गरि रहेको छ । धारपानीको विश्वकै अग्लो त्रिशुल, बाह्रकुने दह, स्वर्गद्वारी महाप्रभु,पुरन्धाराको झरना, रिहारको वगार वावाको मन्दिर र सुनपथरीको सुनछाहारी झरना यी सवै चिज लाई हामीले प्याकेजमा हामीले वनाउन सक्यौँ र लुम्विनी संग राप्ती लाई जोड्न सक्यौ भने काठमाण्डौ लुम्विनी , लुम्विनी दाङ्ग, दाङ्ग प्युठान र प्युठान लुम्विनी हुदै काठमाण्डौ जाने हिसावले हामिले दाङ्ग वा भनौ राप्तीलाई परिचीत गराउन सकिन्छ । निजी क्षेत्र त्यसको अध्ययन गरिरहेको छ र निजी क्षेत्रले आवश्यक परको खण्डमा जुन सुकै वेलामा सहकार्य गर्दै अगाडी वढ्न विल्कुल तत्पर छ ।
सरकारी सहयोग कतिको पाएको छ त निजी क्षेत्रले ?
राज्यले जहाँ लगानि लगाउने हो त्यहा लगानि लगाउन सकि रहेको छैन यो विडम्वना नै भन्नु पर्छ । सम्भाव्य ठाउँमा लगानी नगर्ने तर पुराना स्थानलाई मात्र लगानि र प्रवर्धन गरि रहको छ । एसियाकै सवै भन्दा ठुलो उपत्यका र प्रचुर मात्रामा पर्यटनको सम्भावना हुदाहुदै पनि सरकारको नजर पर्नै सकेको छैन । राप्ती अथवा दाङ्गको सन्दर्भमा कुरा गर्ने हो भने राज्यले पर्यटन क्षेत्रको निम्ती लगानी गरेर अगाडि वढाउनु पर्छ भन्ने मान्यता राखेको जस्तो मलाई लाग्दैन । जिल्ला विकासकै कुरा गरौँ दाङ्गमा धेरै सम्भावना रहेका क्षेत्रहरुको व्यापक प्रचार प्रसार गरेको देखिन्न राज्यले पनि जहा भैरहेको छ त्यहाँ मात्र लगानी गर्ने प्रचार प्रसार गर्ने र सम्भावना रहेको क्षेत्रको प्रचार प्रसार र लगानि नगर्ने प्रचलन रहेको छ । र वाह्य पर्यटन पनि पोखर, सौराहा र एकदम वढी गए लुम्विनी जाने र फर्कने त्यो भन्दा अरु ठाउँ नै छैन प्रकारको वुझाई छ । लुम्विनी देख पश्चिम महाकाली सम्म पनि पर्ययनका प्रसस्त आधारहरु र सम्भाव्य ठाउँहरु छन् । ती ठाउँलाई उजागर गर्न राज्यले केही पोलिसी ल्याउनु पर्छ । हामीले पनि केही कुरामा राज्यलाई घचघच्याउन नसकेका हौला यदि त्यस्तो छ भने सहकार्य गरेर भोलीको दिनहरुमा यस्ता क्षेत्रमा रहेका पर्यटकीय क्षेत्रमा पर्यटन भित्राउन राज्यल भुमिका खेल्नु पर्छ । प्याकेजमा यसलाई व्यवस्थापन र प्रवर्धन गनुपर्छ । अगाडि वढेको क्षेत्रलाई निरन्तरता र सम्भाव्य ठाउँको उजागर गर्ने सक्यौँ र राज्यले हामीलाई त्यस्तो किसीमको जिम्मेवारी दियो भने निस्चितरुपमा निजी क्षेत्र राज्य संग सहकार्य गर्न तयार छ ।
राप्ती अथवा दाङ्गको पर्यटन सम्वन्धी योजनाहरु के के छन् ?
यहाँको पर्यटनलाई जोड्न हामीले अहिले दुई तिन वटा कुराहरु अगाडी उठाएको छ । एउटा हामीले वोझपोखरा देखी स्वर्गद्वारी जोड्ने केवलकार जोड्ने जुन संकटकालको वेलामा सर्वे भैसकेको कुरा हो । स्वर्गद्वारी जानको लागि असाध्य छोटो र उपयुक्त रुट छ केवलकारको निम्ती । यसका लागि मनकामना प्रा.लि.का राजेश बाबु श्रेष्ठलेनै सर्वे गर्नुभएको थियो । यसलाई अगाडी वढाउन सक्ने हो भने राप्ती र दाङ्गको पर्यटनको मुल द्वारको रुपमा विकास गर्न सकिन्छ भन्ने योजना छ भने अर्काे लुम्विनी आउने पर्यटकलाई कसरी राप्तीमा भित्राउन सकिन्छ भन्ने विषयमा एक दुई चरण वसाई पनि भएको छ । सवै पर्यटकहरु लुम्विनी दर्शन गर्न मात्र आउदैनन् त्यस्ता पर्यटकलाई राप्ती वा भनौ दाङ्गमा एक रात विताउनुभयो भने यहाँको चौधरी कल्चर, ग्रामिण स्तरका होमस्टे, विश्वकै अग्लो त्रिशुल, गोरक्षनाथ वावा, पुरन्धाराको झरना र स्वर्गद्वारी महाप्रभुको दर्शनका कुरा लाई यदी प्याकेजमा ल्याउल सक्यौँ भने र एक दुइई दिन राप्तीमा लुम्विनीका पाहुनालाई भित्राउन सक्यौँ भने हाम्रो निम्ती ठुलो उपलव्धी हुनेछ भन्ने कुरामा निजी क्षत्रलागी परेको छ ।
बाहय पर्यटनको अवस्था कस्तो छ ?
वाह्य पर्यटनहरुको अवस्था अली कमजोर नै छ आफ्नै जानकारी वाहेक हामी अन्य पर्यटनहलाई भित्राउन सकिरहेका छैनौ । हामीले यो यो ठाउँ हेर्न लायक छन् यसको अस्तित्व यो हो यो यो कारणले यसलाई हेर्न जरुरी छ भनेर हामीले प्रचार प्रसार गर्न सकेका छैनौँ । त्यसकारण आम पर्यटन प्रति आस्था राख्ने व्यक्ति समुदाय आमसंचार माध्यमले यसलाई प्रचार प्रसार गर्न सक्ने हो भने भोलीको दिनमा राप्ती मात्र हैन मध्यपश्चिम, सुदुरपश्चिमका पर्यटनको राम्रो सम्भावना रहेको छ ।