दाङ, जेठ १४ ।
राप्ती अंचलको सर्वाधिक लोकप्रिय गायन प्रतियोगिता हिरो अफ भ्वाइस ४ को शुक्रत्रार तुलसीपुरमा भएको अडिसनमा १८ जना छानिएका छन् । अडिसनमा गायन विधाका ७५ जना प्रतियोगीहरुले भाग लिएका थिए ।

kl

छानिनेहरुमा भीमा बुढाथोकी, दिपक रसाइली, सुरज वि.क., कान्ति लामिछाने, राकेश नेपाली, सिर्जना राइ, सुधा भण्डारी, सुरेश वि.क., यादव भण्डारी, करुणा पुन, पुष्कर परियार, धिरज घर्ती मगर, निलिमा सुवेदी, सुनील सोनाम, सुरेश वि.क., बीरेन्द्र परियार, राजन गुप्ता, र विशाल शेर्पाइली रहेका छन् ।

निर्णायकमा लोकगायिकाद्वय जमुना धिताल र रिता बुढाथोकी हुुनुहुन्थ्यो । अडिसनबाट छानिएकाहरुको शनिबार घोराहीमा दोस्रो चरणको प्रतिष्पर्धा हुने भएको छ । सल्लाहकार गेहेन्द्र बस्नेतको अध्यक्षतामा भएको अडिसनमा प्रमुख अतिथी तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष बिमल रिजालले नवप्रतिभाहरुलाई प्रष्फुटन गर्न यस कार्यक्रमले सहयोग गर्ने वताउनुभयो ।

कार्यक्रमको स्वागत मन्तव्य अडिसन संयोजक बालाराम खड्काले गर्नु भएको थियो भने सहजीकरण पूर्ण के.सी.ले गर्नु भएको थियो । त्यस अवसरमा दोभान साँस्कृति कलापुञ्जका कलाकार लगायतले नृत्य प्रस्तुत गरेका थिए ।।