दाङ ५ माघ । नेपाल उत्पीडित जातिय मुक्ति समाज दाङ जिल्ला कमिटिले संगठन सुदृढिकरण अभियान अन्र्तगत विभिन्न गाविसहरुमा कमिटिहरु पुर्नगठन गरेको छ । यहि माघ २१ र २२ गते घोराही हुने आठौ जिल्ला अधिबेसनका लागि विभिन्न गाविसहरुमा रहेका कमिटिहरुमा अगुवा कार्यकर्ता भेला गरी पुर्नगठन गरीएको छ । अहिले सम्म ७ वटा गाविसहरुमा अगुवा कार्यकर्ता भेला गरी कमिटिहरु पुर्नगठन गरीएको सम्मेलन आयोजक समितिका संयोजक कृष्णबहादुर नेपालीले जानकारी दिए ।

आज बुधबार लक्ष्मीपुर, डुरुवा र देउखुरीको गढवा गाविसमा नेपाल उत्पीडित जातिय मुक्ति समाजको गाउँ कमिटीको भेलाले नयाँ कार्यसमिति गठन गरीएको छ । आज लक्ष्मीपुर गाविसमा भिमबहादुर नेपालीको अध्यक्षतामा भएको अगुवा कार्यकर्ता भेलाले उमेश विकको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति निर्माण गरीएको छ । जस्को उपाध्यक्षमा भुमा विक, सचिबमा भिमबहादुर परियार, उपसचिबमा निजे सुनार, कोषाध्यक्षमा अनुप विक रहेका छन् ।

यस्तै डुरुवा गाविसमा भएको भेलाले पनि ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । ४ नम्बर क्षेत्रिय सदस्य मनोज रावतको अध्यक्षतामा भएको अगुवा कार्यकर्ताहरुको भेलाले मोतिराम विकको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । जस्को उपाध्यक्षमा आईति विक, सचिबमा तिलकराम नेपाली, कोषाध्यक्षमा दुर्गा विक रहेका छन् ।

यस्तै आजै देउखुरीको गढवा गाविसमा पनि मुक्ति समाजको गाउँ कमिटीको नयाँ कार्यसमिति गठन गरीएको छ । देविलाल विकको अध्यक्षता तथा नेकपा एमाले जेष्ठ कम्युनिष्ठ मञ्चका भगवती चौधरीको प्रमुख आतिथ्यतामा भएको अगुवा कार्यकर्ताहरुको भेलाले देवीलाल विककै अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ । जसको उपाध्यक्षमा टिका राम नेपाली, सचिबमा रेशम विक, उपसचिबमा सुन्दरकला परियार र कोषाध्यक्षमा केशमाया विक रहेका छन् ।