दाङ, ५ माघ । दाङका १० वटा सामुदायिक वन समूहमा यो बर्ष बैज्ञानिक वन ब्यवस्थानको काम गरिने भएको छ ।
वन समूहहरुले आफ्नो समूहमा बैज्ञानिक वन ब्यवस्थापन गर्नकालागि साधारणसभाबाट निर्णय गरी आवश्यक प्रक्रिया अघी बढाउनकालागि माग गरेकाले वन कार्यालयले वन ब्यवस्थानको काम शुरुवात गरेको जिल्ला वन कार्यालय दाङले जनाएको छ ।

2222222दाङका पुरन्धारा गाविसको पदमपुर र पूर्व हापुरे, पञ्चकुलेको बाघदैलाचिसापानी, बाघमारेको सदाबाहार र लक्ष्मी बयिया, राजपुरको भयरथान र राप्ति किनार, गंगापरस्पुरको चिउरीघाट, सतबरिया गाविवसको नवशान्ति र अमिलिया सामुदायिक वन वन समूहले बैज्ञानिक वन ब्यवस्थानको कामकालागि आवश्यक प्रक्रिया सहित जिल्ला वन कार्यालयमा माग गरेको सहायक वन अधिकृत हरिप्रसाद गौतमले जानकारी दिए ।

सामुदायिक वन समूहहरुमा समेत बैज्ञानिक वन ब्यवस्थान लागू गर्नकालागि सरकारले वैज्ञानिक वन ब्यवस्थापन कार्यबिधि–२०७१ लागू गरी कार्यान्वयमा ल्याएपछि वन समूहहरुमा बैज्ञानिक वन ब्यवस्थापन गर्र्ने बाटो खुलेको हो ।

बैज्ञानिक वन ब्यवस्थापन बारे जानकारी दिन जिल्ला वन कार्यालय दाङले आज बुधवार घोराहीमा सरोकारवालाहरुसँगको अन्र्तक्रिया कार्यक्रम गरेको छ । सो कार्यक्रममा बोल्दै जिल्ला वन अधिकृत सूर्यकान्त सिग्देलले बैज्ञानिक वन ब्यवस्थापनबाट वनको उचित ब्यवस्थान मार्फत वनको हैसियतमा सुधार आउने, वातावरणीय लाभ प्राप्त प्राप्त, वन पैदावारको निरन्तर सहज आपूर्ति, सहभागितात्मक वन ब्यवस्थापनबाट हुने आम्दानीले स्थानीय अर्थतन्त्र तथा बिकासमा सहयोग पू¥याउने, स्थानीय रोजगारी सिर्जना, राजश्व प्राप्त हुने, बिभिन्नखाले बिवाद घट्ने र वन क्षेत्रको शुसासनमा सुधार आउने, जलवायु परिवर्तन र रेडका सवाललाई सम्वोधन गर्ने लगायतका फाइदा हुने जानकारी दिए ।