तुलसीपुर, ५ माघ । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले सञ्चारकर्मीहरुलाई निस्पक्ष र विश्वसनीय समाचार सम्प्रेषण गर्न आग्रह गरेका छन् । आज दाङको तुलसीपुरमा रासस राप्ती अञ्चल कार्यालय भवन शिलान्यास गर्दै मन्त्री कार्कीले यस्तो आग्रह गरेका हुन् ।
उनले पत्रकारहरुलाई कसैलाई माथि र कसैलाई तल लडाउने समाचार नभइ सत्यतथ्य र विश्वसनीय समाचार सम्प्रेसन गर्न आग्रह गरे । राससको भवन निर्माण कार्य अघि वढ्नु बहुआयामिक र आत्मनिर्भर बन्ने काम भएको मन्त्री कार्कीले बताए ।
कार्यक्रममा लाई सँगसँगै लैजानुपर्नेमा जोड दिए ।उनले भवन निर्माणका लागि पहिलो लगानी सरकारले गरे पनि त्यसपछि सुरक्षा र संरक्षण गर्नुपर्ने दायित्व रासस आफैले गर्नुपर्ने बताए ।
कार्यक्रममा मन्त्री कार्कीले जग्गा संरक्षण भवन निर्माणका लागि योगदान पु(याउनु हुने नागरिक समाज दाङका संयोजक टीकाराम रेग्मी, समाजसेवीहरु ऋषिराज कँडेल, वामदेव उपाध्याय, खुमानन्द अधिकारी र लामो समयसम्म रासस जिल्ला संवाददाताका रुपमा काम गरेका पूर्वसंवाददाता रामप्रसाद पौडेललाई दोसल्ला ओढाएर कदरपत्रद्वारा सम्मान गरेको थियो ।
