दाङ, ५ माघ । प्राविधिक शिक्षाको स्तर उन्नतिकालागी दाङको घोराहीमा आयोजना गरिएको धार्मीक महोत्सव एवं श्रीमाद्भागवत सप्ताह ज्ञान महायज्ञ २०७३ मा दिनमा साढे ३६ लाख दान रकम संकलन भएको छ ।

16002981_1239537676137555_6686450391258312678_nपद्मोदय पब्लीक नमुना माध्यामीक विद्यालय घोराही ११ भरतपुरको आयोजनामा विद्यालयको शैक्षीक गुणस्तर अभिवृद्धि एवं स्तरिय प्राविधीक शिक्षालय सञ्चालनार्थ “सबै धर्मबीच एकता, हामी सबैले बुझौ प्राविधीक शिक्षाको आवश्यकता” भन्ने मुल नारामा साथ घोराहीमा आयोजना गरिएको महायज्ञमा आज वुधवार तोस्रो दिन ३६ लाख ५४ हजार ६३ रुपैया रकम संकलन भएको महायज्ञ आयोजक मूल समितिका अध्यक्ष गोविन्दप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।

महायज्ञको तेस्रो दिन आज ११ लाख ५४ हजार ६३ रुपैया नगद दान संकलन भएको छ भने २५ लाख बराबरको जग्गा पनि दान भएको छ । घोराही नगरपालिका १ भगवानपुरका शेरबहादुर बस्नेत, जयकुमारी बस्नेत, छोरा पूर्व डिएसपी रोवरबहादुर बस्नेत, अमर बस्नेत, नरभोग बस्नेतको परिवारले भगवानपुरमा रहेको २५ लाख मुल्य बराबरको करिब २ कठ्ठा जग्गा दान गरेको महायज्ञका कोषाध्यक्ष निशान्त आचार्यले जानकारी दिनुभयो । साथै बस्नेत परिवारले नगद ५१ हजार १ सय ५ रुपैया नगद दान गरेको आचार्यले जानकारी दिनुभयो । यसैगरी घोराही ११ का गिरिराज खड्काले ५ लाख ५ हजार ५ सय ५५ रुपौया, घोराही १० का पद्मा आचार्य छोराहरु निश्चल आचार्य निशान्त आचार्य, निरज आचार्य, निराजन आचार्य, निता शर्मा सहित आचार्य परिवारले नगद १ लाख ११ हजार १ सय ११ रुपौया, काभ्रे गाविस ३ हाल घोराही निवासी तेजबहादुर थापा चलाउनेले १ लाख ५५ हजार १ सय ५ रुपैया, घोराही ११ का शिव घिमीरेले १ लाख ११ हजार १ सय ११ रुपौया, घोराही ११ का रत्ना गौतमले १ लाख ११ हजार १ सय ११ रुपैया, त्रिपुर ७ विजौरी हापुरका द्रोपदी न्यौपानेले २१ हजार ५, भ्याली टप बोडिङ स्कूल घोराहीले २१ हजार १ सय ५५ रुपौया नगद दान गर्नुभएको मायज्ञय आयोजक मूल समितिका सहकोषाध्यक्ष अनसूया अधिकारीले जानकारी दिनुभयो ।

महायज्ञमा अन्य व्यक्तीहरुले पनि सक्दो दान गरेको महायज्ञ प्रचारप्रसार समितिका संयोजक सुदिप गौतमले जानकारी दिनुभयो । महायज्ञमा हालसम्म तुलादानबाट ७४ हजार १ सय ५० रुपैया दान भएको छ । जसमा स्वर्गीय हजुरवुवा खिमलाल पाण्डे, हजुरआमा रम्मादवी पाण्डेको स्मृतिमा पिता विष्णुप्रसाद पाण्डे र माता सुमादेवी पाण्डेको सम्मानमा घोराही ११ भरतपुर निवासी केशव पाण्डे, पद्मादेवी पाण्डे, छोरा सरद, सुरज, छोरी रोशनी पाण्डेले ५१ हजार १ सय ५ रुपैया तुलादान गर्नुभएको छ । धाञ्याचलबाट ६ हजार ७ सय १ रुपैया संकलन भएको छ । महायज्ञमा प्रमुख कथावाचक पण्डीत दिनवन्धु पोख्रेल र सहवाचक धुव्रशरण बस्यालले प्रवचन दिईरहनुभएको छ भने कलाकारहरुले भजनकृतन प्रस्तुत गर्ने गरेका छन् । साथै महायज्ञमा धार्मीक झाँकीहरु पनि प्रस्तुत गरिएको छ ।

महायज्ञमा दैनिक योगाम्यास तथा पर्वचन कार्यक्रम विहान ५ बजेदेखी ७ बजेसम्म, विहान साढे ७ बजेदृखी पूजा आराधना, राष्ट्रनिर्माण एवं प्राविधिक शिक्षा आजको आवश्यकता बारेमा विहान ८ बजेदेखी प्रवचन, विहान ११ बजेदेखी संगीतमय कथावाचन तथा धार्मीक झाँकीहरु त्था नृत्य नाटिका, अपराह्न ४ बजेदेखी विद्यार्थीको नैतिक विकासकालागी शैक्षीक कार्यक्रम, वेलुका ५ बजेदेखी आरति÷पुष्पाञ्जली, टिका तथा प्रसाद वितरण कार्यक्रम भईरहेको महायज्ञका सञ्चार संयोजक आर.के.शीतलले जानकारी दिनुभयो । यस्तै वेलुका ७ बजेदेखी ९ बजेसम्म श्रीमद्भागवत माहत्म्यवाचन तथा राष्ट्रिय स्तरका आध्यात्मीक कलाकारहरुबाट झाँकी तथा भजनकृतन कार्यक्रम भईरहेको पनि उहाँले जानकारी दिनुभयो ।