kiriya-putri

तुलसीपुर ५ पुस ।  क्यान्सर रोगबाट मृत्यु भएका तुलसीपुर १ रानागाउँ निवासी वीर बहादुर खत्रीको परिवारलाई सोमबार ३५ हजार रुपैयाँ सहयोग संकलन भएको छ ।  तुललसीपुर २ आँखा अस्पताल घरभई हाल  दुबईमा बस्ने पवन खड्काले सीतला खत्रीको बैंक खातामा सोही रकम जम्मा गरेका हुन् ।

यो संगै अहिले सम्म तीन लाख रुपैयाँ आर्थिक सहयोग संकलन भएको स्थानिय समदर्शी युवा क्लबका सल्लाहकार चेतमान सेजुवालले जानकारी दिए ।  क्यान्सर रोगबाट ग्रसित भएपछि लामो समय सम्म उपचार गराउदा  लागेको २०/२५ लाख रुपैयाँ ऋण तिर्न सक्ने अबस्था नभएपछि श्रीमति सीतला खत्रीले सहयोग गर्न सबैलाई आग्रह गरेकी थिईन् ।