त्रिपुर, ५ माघ । त्रिपुर नगरपालिका वडा नं. १ नारायणपुरमा सुर्यनारायण मन्दिर तथा धर्मशाला निर्माण हुने भएको छ । हिन्दु जागरण नेपाल त्रिपुर नगरपालिकाको आयोजनामा २०७२ साल चैत १७ देखि २४ गतेसम्म नारायणपुरमा भएको महायज्ञबाट संकलन भएको रकमले मन्दिर र धर्मशाला निर्माण हुने भएको हो ।

16105651_1239454126145910_8714508316948473306_nमन्दिरको सांसद अनिता देवकोटा र हिन्दु जागरण नेपालका केन्द्रिय अध्यक्ष रामकृष्ण उपाध्यायले आज वुधवार शिलन्यास गर्ने छन् । हिन्दु जागरण नेपाल त्रिपुर नगरपालिका अध्यक्ष एवं मन्दिर निर्माण समितिका अध्यक्ष टेकबहादुर खड्काको अध्यक्षता सांसद अनिता देवकोटाको प्रमुख आतिथ्य र हिन्दु जागरण नेपालका अध्यक्ष रामकृष्ण उपाध्यायको विशिष्ठ आतिथ्यमा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले हिन्दु संस्कृतिको संरक्षणकालागी सबै नेपाली एक भएर लाग्न आवश्यक भएको बताएका थिए ।

कार्यक्रममा नेपाल संस्कृति विश्वविद्यालयका सेवा आयोगका पूर्व अध्यक्ष लेखनाथ आचार्य, नेपाल पत्रकार महासंघ दाङका सदस्य आर.के.शीतल, मन्दिर निर्माण समितिका सचिव चन्द्रप्रसाद चौधरी लगायतले आफ्ना विचार राखेका थिए ।