bar

तुलसीपुर ५ पुस ।  उच्च अदालत बार एसोसिएसन तुुलसीपुरले कार्यक्षेत्रमा जान लागेका तीन जना नयाँ न्यायधिशलाइ बिदाई गरेको छ । उच्च अदालत दिपायल अन्तरगत महेन्द्र नगर ईजलासमा सिफारिस भएका न्यायधिश नाति बाबु लामिछाने, उच्च अदालत बिराटनगर अन्तरगत धनकुटा ईजासमा सिफारिस भएका न्यायधिश गोकर्ण डाँगी र उच्च अदालत बिराटनगर अन्तरगत ईलाम ईजालासमा सिफारिस भएका न्यायधिश मदन पोख्रेललाई बार तुलसीपुरले मंगलबार एक कार्यक्रमको आयोजना गरी बिदाई तथा सम्मान गरेको हो ।

लामिछाने यस अघि उच्च अदालत तुलसीपुरकोर जिष्ट्रार पदमा कार्यरत थिए । तुलसीपुर ९ निबासी डाँगी बिगत २२ बर्ष देखी अधिबक्ताको रुपमा काम गर्दै आएका थिए । उनी वारका पुर्ब केन्द्रिय उपाध्यक्ष समेत हुन् । त्यस्तै मानपुर ९ बेलझुण्डी निबासी पोख्रेल यसअघि अधिबक्ताका रुपमा कार्यरत थिए । उनी बार तुलसीपुरका पुर्ब सचिब हुन् ।

बार तुलसीपुरका अध्यक्ष अधिबक्ता राम शरण चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा बक्ताहरुले न्याय सम्पादनमा पाएको जिम्मेवारीलाई ईमान्दारिता पुर्बक पुरा गर्न नब नियुक्त न्यायधिशहरुलाई आग्रह गरेका थिए । मुलुक अहिले संक्रमणकालमा गुज्रिरहेकाले जनतालाई बढि न्यायको खाँचा पर्ने उनीहरुको भनाई थियो ।

यस्तो अबस्थामा न्यायधिशहरुले स्वच्छ, निश्पक्ष न्यायसम्पादन गर्नुपर्ने उनीहरुको तर्क थियो । कार्यक्रममा मन्तब्य ब्यक्त गर्दै नब नियुक्त न्यायधिशहरु मदन पोख्रेल, गोकर्ण डाँगी, नातिबाबु लामिछानले जनताको केन्द्र बिन्दु न्यायलयबाट निश्पक्ष न्याय दिने प्रतिबद्धता जनाएका थिए ।

बार तुलसीपुरका पुर्ब अध्यक्ष डिल्लीराज धितालले स्वागत मन्तब्य तथा अधिबक्ता बिष्णुमणी धितालले शुभकामना मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सहजीकरण बार तुलसीपुरका पुर्ब सचिब रविन्द्र कुमार धितालले गरेका थिए ।