SAMSUNG CAMERA PICTURES

इन्द्रेणी संवाददाता
दाङ ४ माघ । दाङको लक्ष्मीपुरस्थित मावि झिङ्नी बञ्जाडीमा दुई वटा अक्षयकोष स्थापना गरिएको छ । विद्यालयका जग्गा दाता लक्ष्मीपुर–३ निबासी स्वर्गीय रामबहादुर राना क्षेत्रीको आज मंगलबार परेको १३ औ पुण्यतिथीमा श्रीमती र छोराहरुले विद्यालयमा ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना गरेका हुन् ।

SAMSUNG CAMERA PICTURES
त्यस्तै लक्ष्मीपुर–१ कुहिरेपानी निबासी गोपाल पुनले आफ्नो पिता स्व. मोहनसिंह पुन मगरको सम्झनामा ५५ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना गरेका हुन् ।

समाजसेवी स्वं रामबहादुर राना क्षेत्रीले विद्यालय स्थापनाको समयमा दुई कट्ठा ७ धुर जग्गा दान दिएका थिए । स्व. क्षेत्रीको १३ औ पुण्यतिथीमा आज घरमै एक औपचारिक कार्यक्रमको आयोजना गरी श्रीमती रुकुमादेवी राना क्षेत्री, छोराहरु सन्तकुमार राना क्षेत्री, एकराज राना क्षेत्री र लंक राना क्षेत्रीले अक्षयकोषको नगद रकम मावि झिङ्नी बन्जाडीका विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष प्रकाशचन्द्र घिमिरे र प्रधानध्यापक कृष्णप्रसाद अधिकारीलाई हस्तान्तरण गरेका हुन् । सो अक्षयकोषबाट आएको व्याजबाट कक्षा १ देखि १० सम्मका अपांग, गरिव र पढाइमा लगनशील भएका दुई छात्र र दुई छात्रालाई पुरस्कृत गरिने विद्यालयले जनाएको छ ।

त्यस्तै लक्ष्मीपुर–१ कुहिरेपानी निबासी गोपाल पुन र प्रेमाकुमारी पुन मगरले आफ्नो पिताको सम्झनामा मोहनसिंह स्मृति पुरस्कारका लागि अक्षयकोष स्थापना गरिएको अक्षयकोषबाट बार्षिक रुपमाकक्षा १ देखि १० सम्मका गरिव, विपन्न तथा जनजाति समुदायका विद्यार्थीहरुलाई पुरस्कृत गरिने बताइएको छ ।