दाङ, ४ माघ । प्राविधिक शिक्षाको स्तर उन्नतिका लागी दाङको घोराहीमा आयोजना गरिएको धार्मीक महोत्सव एवं श्रीमाद्भागवत सप्ताह ज्ञान महायज्ञ २०७३ मा साढे ४ लाख बढी दान रकम संकलन भएको छ ।
पद्मोदय पब्लीक नमुना माध्यामीक विद्यालय घोराही ११ भरतपुरको आयोजनामा विद्यालयको शैक्षीक गुणस्तर अभिवृद्धि एवं स्तरिय प्राविधिक शिक्षालय सञ्चालनार्थ “सबै धर्मबीच एकता, हामी सबैले बुझौ प्राविधीक शिक्षाको आवश्यकता” भन्ने मुल नारामा साथ घोराहीमा आयोजना गरिएको महायज्ञमा आज मंगलवार दोस्रो दिनसम्म ४ लाख ५८ हजार ६ सय रुपैया नगद दान संकलन भएको महायज्ञ आयोजक मूल समितिका अध्यक्ष गोविन्दप्रसाद न्यौपानेले जानकारी दिए ।
महायज्ञको अघिल्लो दिन हिजो सोमवार ९६ हजार ८ सय ९० रुपैया र दोस्रो दिन आज मंगलवार ३ लाख ६१ हजार ७ सय १० रुपैया गरि नगद ४ लाख ५८ हजार ६ सय रुपैया नगद संकलन भएको आयोजक मूल समितिका कोषाध्यक्ष कोषाध्यष निशान्त आचार्यले जानकारी दिए । महायज्ञमा आज सबैभन्दा धेरै घोराही नगरपालिका १ रावतगाँउका टोपबहादुर बस्नेत र टोपकुमारी बस्नेतले १ लाख ६ हजार १ सय ५ रुपैया दान गरे भने घाृेराही ११ भरतपुरका पदमप्रसाद श्रेष्ठले १ लाख ५ हजार रुपैया दान गरेका छन् ।
महायज्ञमा आयोजक विद्यालय पद्मोदय पब्लीक मावि भरतपुरका प्राचार्य डा. कृष्णराज डिसीले २१ हजार १ सय ५ रुपैया दान गरेका छन् । यस्तै महायज्ञमा हालसम्म घोराही ११ जानकी टोल निवासी नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर ३ का सभापति भुपबहादुर डाँगी र उहाँको धर्मपत्नी लक्ष्मीकुमारी डाँगीले नगद ३१ हजार १ सय ५ रुपैया र खेमराज शर्मा (उपेन्द्र) ले ३१ ह्जार १ सय ५ रुपौया, नेपाल निवृत राष्ट्र सेवक समाजले २५ हजार ५ सय ५५ रुपैया, प्रेमप्रसाद चौधरीले २१ हजार ५ सय ५, साझेदारी बचत तथा ऋण सहकारी संस्थाले २१ हजार १ सय ५, खगराज पाण्डेयले २६ हजार १ सय ५, द्रोपता न्यौपानेले २१ ह्जार १ सय ५, सुभद्रा मल्लले २१ हजार १ सय ५ नगद दान गरेका छन् ।
यस्तै अन्य व्यक्तीहरुले पनि सक्दो दान गरेको महायज्ञ प्रचारप्रसार समितिका संयोजक सुदिप गौतमले जानकारी दिए । महायज्ञमा हालसम्म तुलादानबाट २१ ह्जार ५ सय ४५ रुपैया संकलन भएको छ । महायज्ञमा प्रमुख कथावाचक पण्डीत दिनवन्धु पोख्रेल र सहवाचक धुव्रशरण बस्यालले प्रवचन गर्नुका साथै कलाकारहरुले भजनकृतन प्रस्तुत गर्ने गरेका छन् ।
महायज्ञमा दैनिक योगाम्यास तथा पर्वचन कार्यक्रम विहान ५ बजेदेखी ७ बजेसम्म, विहान साढे ७ बजेदृखी पूजा आराधना, राष्ट्रनिर्माण एवं प्राविधिक शिक्षा आजको आवश्यकता बारेमा विहान ८ बजेदेखी प्रवचन, विहान ११ बजेदेखी संगीतमय कथावाचन तथा धार्मीक झाँकीहरु त्था नृत्य नाटिका, अपराह्न ४ बजेदेखी विद्यार्थीको नैतिक विकासकालागी शैक्षीक कार्यक्रम, वेलुका ५ बजेदेखी आरति÷पुष्पाञ्जली, टिका तथा प्रसाद वितरण कार्यक्रम भईरहेको महायज्ञका सञ्चार संयोजक आर.के.शीतलले जानकारी दिएका छन् ।
महायज्ञमा दैनिक योग
महायज्ञमा दैनिक विहान योग हुने गरेको छ । महायज्ञमा दैनिक विहान ५ बजेदेखी ७ बजेसम्म योग कार्यक्रम सुरु गरिएको हो । महायज्ञकालागी गठीत योग तथा प्रवचन उपसमितिको आयोजनामा र पतञ्जली योग समितिको समन्वयमा आज दोस्रो दिनदेखी योग सुरु भएको हो । महायज्ञ आयोजक मूल समितिका अध्यक्ष गोविन्दप्रसाद न्यौपानेको प्रमुख आतिथ्यमा सुरु भएको महायज्ञमा दैनिक योग तथा प्रवचन उपसमितिका संयोजक एवं योग गुरु भोलानाथ योगीले योगको दर्शन र महत्वका बारेमा जानकारी गराउनुहुने छ भने उदयबहादुर डाँगी, प्रेम शाहले शारिरिक योगाभ्यास गराएका थिए ।
