इन्द्रेणी संवाददाता
दाङ, ४ माघ । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले समाजवाद कम्जोर हुँदा संघीयता कार्यान्वयनमा ढिलाइ भएको बताएका छन् । आज प्रेस सेन्टर दाङले घोराहीमा आयोजना गरेको पत्रकार भेटघाटमा मन्त्री कार्कीले समाजवादी एजेण्डालाई ओझेलमा पारेर संघीयतालाई अगाडी वढाउन सम्भव नभएको बताएका हुन् ।
मुलुकलाई संघीयतामा लैजानको मुख्य उद्देश्य नेपालको विविधतालाई सम्बोधन गर्दै राजनीतिक एकता काय गर्नुभएको उल्लेख गर्दै सूचना तथा सञ्चार मन्त्री कार्कीले समाजवादी एजेण्डालाई पछाडि पारेर संघीयतालाई मात्रै अगाडी लैजादा सफलता हाँसिल नहुँने बताए । उनले पूँजीवाद विना समाजवादमा जाने कुनै सट्कट बाटो समेत नभएको बताए ।
सञ्चारकर्मीहरुको जिज्ञासामा अहिले सूचना तथा सञ्चार मन्त्रालयमा मन्त्री र सचिवको फोटो राख्ने वेयव साइडभन्दा अरु केही सूचना नभएको भन्दै त्यसलाई आफू सुधार गर्न लागिपरेको कार्कीले बताए ।
मन्त्रालयमा सूचना संग्रालय, स्थापना, गुर्गमका रिपोर्ट लेख्ने पत्रकारलाई पुरस्कृत गर्ने, केन्द्र र मोफसलमा समानुपातिक विज्ञापन वितरण, सञ्चार माध्येमको दर्ता नविकरणमा सहज, नेपाकै आफ्नै स्याटीलाइट बनाउनेलगायतका प्रयास आफू मन्त्री भएपछि शुरु गरेको उनले जानकारी दिए ।
