काठमाडौं, ४ माघ । अब मलेसियामा अन्य देशबाट रोजगारका लागि गएका र अबैधानिक रुपमा बस्दै आएका कामदारले पनि अस्थायी वर्कपास पाउने भएका छन् ।

Malaysiaमलेसिया सरकारले आफ्ना देशमा कार्यरत गैह्रकानुनी विदेशी कामदारलाई पनि अस्थायी ‘वर्कपास’ दिने घोषणा गरेपछि यस्तो सुविधा पाउने भएका हुन् ।

अब अवैध कामदारलाई अस्थायी वर्कपास लिएर काम गर्न सक्ने गरी नयाँ ब्यवस्थाको घोषणा मलेसियन सरकारले गरेको हो । विभिन्न क्षेत्रमा कामदार अभाव भएको र उद्योगहरुको सञ्चालनमै अवरोध पुगेको गुनासो बढ्दै गएपछि सरकारले अवैधानिकलाई अस्थायी श्रम अनुमति दिन लागेको उपप्रधानमन्त्री डा. अहमद जाहिद हमिदीलाई उद्धृत गर्दै बताइएको छ ।

अवैधानिक कामदार अब विना कुनै दण्ड तथा जरिवना त्यहाँ थप केही समय वैधानिक बनेर काम गर्न पाउनेछन् । मलेसियन सरकारको यो नयाँ व्यवस्थाले गैरकानुनी रुपमा त्यहाँ वस्दै आएका नेपालीलाई पनि राहत हुनेछ ।

नेपालबाट कामको खोजीमा मलेसिया जाने र त्यहाँ भनेजस्तो काम नपाइएपछि गएको कम्पनीबाट अनेत्रै अर्काे कम्पनीमा गैरकानुनी रुपमा वसेर काम गर्ने नेपालीहरुको संख्या पनि धेरै रहेको छ ।