दाङ, ४ माघ । न्यायलयमा बसेर फैसला गर्ने न्यायमूर्तीहरु कारागारामा गएको कुरा सुन्दा कस्तो होला ? आफै न्याय दिने न्यायधिस कारागार गए न्याय कस्ले देला ? यस्तै भएको छ दाङमा कारागारमा न्यायधिसहरु पुगेका छन । न्यायधिस कारागार गए भन्दा तपाइलाई यस्तै जिज्ञाशा जाग्न सक्छ ।
कुनै मुद्धामा सजाय काट्न र दोशी ठहर भएर भने न्यायधिसहरु कारागार गएका हैनन । यसमा धेरै चिन्ता नलिनोस न्याधिसहरु कारागारमा बस्न गएका पनि हैनन । कारागारमा रहेका कैदीहरु संग न्यायको वारेमा सम्वाद गर्न मात्रै न्याधिसहरु कारागार पुगेका हुन ।
जिल्लाको पुरै न्यायधिसको टिम एकाएक कारागारमा प्रवेश गरे पछि तुलसीपुर कारागारमा रहेका कैदी बन्दीहरु समेत आश्चार्य परेका थिए । दाङ जिल्ला अदालतमा कार्यरत तीनै जना न्यायधिसहरु काराकारमा पुगेका हुन । जिल्ला अदालत दाङ देउखुरीका न्यायधिसहरु भलभद्र बास्तोला, चुरामण खडका, कोमल प्रसाद आचार्य तुलसीपुर कारागारमा पुगी झण्डै तीन घण्टा बसेर कैदीका कुरा सुनेको कारागारका सुचना अधिकारी रेश्मीराज अधिकारीले जानकारी दिए ।
जिल्ला अदालतले सञ्चालन गरेको न्यायिक सम्वाद कार्यक्रमका लागि जिल्लाका कारागारमा रहेका कैदीहरु संग भेटघाट र सम्वाद गर्न न्यायधिस, अदालत प्रशासन समुह कारागार पुगेको हो । विगतका वर्ष देखि अदालतले सञ्चालन गरेको न्यायिक सम्वाद कार्यक्रम लिएर सम्भवतः पहिलो पटक न्यायमुर्तीहरु कारागार पुगेको दावी गरिएको छ ।
कारागारमा पुगेका न्यायधिसहरुले कैदीहरुसंग दोहोरो सम्वाद गरेका छन । न्यायधिस संग कैदीहरुले विभिन्न विषयमा जिज्ञासा समेत राखेका थिए । उनीहरुले दोहोरो मुद्धा, न्यायिक प्रक्रिया, जटिलताको अवस्थामा दुबै बीच सम्वाद भएको थियो । कैदीहरुले पनि आफुले नबुझेको विषय कार्यक्रम मार्फत स्पष्ट भएको वताए ।
