दिपक बोहरा
तुलसीपुर, ४ माघ । नगरलाई पुर्वाधार सम्पन्न गराउन दाङका चारवटै नगरपालिकामा नगर क्षेत्र पुर्बाधार बिकास कार्यक्रम लागु भएको छ । चालु आर्थिक वर्षको देखि संघिय मामिला तथा स्थानिय बिकास मन्त्रालयले पुर्वाधार योजना पठाएको हो । जसका लागि दाङमा ६ करोड ५५ लाख रुपैया खर्च हुने भएको छ ।
आर्थिक बर्ष २०७३/०७४ देखी देशका सबै नगरपालिकामा यो कार्यक्रम सञ्चालन गरे संगै दाङका नगरहरुका पनि यो कार्यक्रम सुरु गरिएको हो । नगरको लागत सहभागीताको आधारमा नगर पुर्बाधार बिकास कार्यक्रमहरु सञ्चालन तथा ब्यबस्थापन गर्ने , पुर्बाधार बिकास सम्बन्धि कार्यक्रमको कार्यान्वयन प्रकृया र कार्यबिधिलाई सरल स्पष्ट र पारदर्शी बनाउने तथा नगरपालिकाको आर्थिक गतिबिधिलाई क्रियाशिल बनाउन् मन्त्रालयले उक्त कार्यक्रम सञ्चालनमा ल्याएको वताएको छ ।
कार्यक्रममा सडक नाला तथा बसपार्क निर्माण , नगरको पुर्बाधार बिकास , उपकरण खरिद , अन्य पुर्बाधार बिकास कार्यक्रम परेका छन । जसमा मन्त्रालयको अनुदान तथा उपभोक्ता र नगरपालिकाको लागत सहभागीतामा आयोजना पुरा हुनेछन् । बिगतका बर्षहरुमा मन्त्रालयले जगेडा कोष मार्फत आयोजना सञ्चालन गर्दै आएको थियो ।
सरकारले नगरपालिकाहरूलाई दिँदै आएको जगेडा कोष अन्तर्गतको बजेट चालु आर्थिक बर्ष देखी नदिने भएपछि नगर क्षेत्र पुर्बाधार बिकास कार्यक्रम सञ्चालन हुन लागेको हो । नगरपालिका अनुदानबाहेक छुट्टै विनियोजन हुन लागेको यस बजेटले नगरपालिकाहरूमा आवश्यक भौतिक पूर्वाधार निर्माण गर्ने छ । चालु आर्थिक बर्षमा दाङका चारवटा नगरपालिकामा सञ्चालन हुने नगरक्षेत्र बिकास पुर्बाधार कार्यक्रम अन्तरगतका योजना सञ्चालन गर्न मन्त्रालयले सहमति दिई सकेको छ ।
उपभोक्ता समिति गठन गरि कामलाई तीब्रता दिन मन्त्रालयले सबै नगरपालिकालाई निर्देशनात्मक पत्र समेत जारी गरिसकेको छ । मन्त्रालयले नगरक्षेत्र बिकास पुर्बाधार कार्यक्रम अन्तरगत सञ्चालन हुने आयोजनाहरु गुणस्तररुपमा, सडक निर्माण गर्दा कालोपत्रे÷पिसिसि÷आरसिसि गर्न, हाईड्रोलिक ट्रिपर तथा रोलर वीथ भाईब्रेशन खरिद गर्न निर्देशन दिएको छ । देशै भर यसवर्ष ६ अर्ब रुपैयाँ रहेको अनुदान बजेट आगामी वर्षका लागि १३ अर्ब रुपैयाँ पु¥याइने मन्त्रालयले जनाएको छ ।
तुलसीपुरमा सात आयोजना
चालु आर्थिक बर्षमा संघिय मामिला तथा स्थानिय बिकास मन्त्रालयले तुलसीपुरका लागि करिब दुई करोड अनुदान सहयोग गरेको छ । नगर क्षेत्र पुर्बाधार बिकास कार्यक्रम सञ्चालनका लागि मन्त्रालयले तुलसीपुर नगरपालिमा एक करोड ८९ लाख सात हजार अनुदान छुट्याएको हो ।
न्युनतम अनुदान एक करोड , जनसंख्या बापतको रकम ४१ लाख ४८ हजार, क्षेत्रफल बापतको रकम ४७ लाख ५९ हजार अनुदान सहयोग गरेको तुलसीपुर नगरपालिकाका ईञ्जिनियर पवन कुमार योगीले राप्ती समाचारलाई जानकारी दिए ।
सोही अनुदान तथा उपभोक्ता र नगरपालिकाको लागत सहभागीतामा तुलसीपुरका सातवटा योजनाहरुको काम शुरु हुने ईञ्जिनियर योगीले बताए । योगीका अनुसार दोघरे–दमारगाउ सडक कालो पत्रे, दोघरे–दमारगाउ सडक खण्ड अन्तरगत मालसी टोलको सडक कालोपत्रे, भिआईपी टोल हुँदै एओन टोल जाने बाटो कालोपत्रे, आलुमण्डी नजिकैको खाली जग्गामा पसल घर निर्माण, कैलास नगर हुदै रजौरा जाने सडक कालोपत्रे, पसुपति नगर टोलको सडक कालोपत्रे, पबित्र नगरटोलको सडक कालोपत्रेको काम चालु आर्थिक बर्षमा पुरा गर्ने जानकारी दिए । प्रत्येक योजना पुरा गर्न ६०/६० लाख बराबर लगानी लाग्ने उनले बताए ।
योगीका अनुसार मन्त्रालयको अनुदान तथा उपभोक्ताको लागत सहभागीता योजनाहरु सञ्चालन गरिने छ ।
घोराहीमा ६ आयोजना
चालु आर्थिक बर्षमा मन्त्रालयले घोराही नगरपालिकाको लागि डेढ करोड बढि अनुदान सहयोग गरेको छ । मन्त्रालयले नगरक्षेत्र पुर्बाधार बिकास कार्यक्रमका लागि एक करोड ५१ लख १४ हजार अनुदान सहयोग गरेको घोराही नगरपालिकाका सुचना अधिकारी प्रेम केसीले जानकारी दिए ।
उनका अनुसार न्युनतम अनुदान एक करोड , जनसंख्या बापतको रकम ३१ लाख ५५ हजार, क्षेत्रफल बापतको रकम १९ लाख ५९ हजार अनुदान सहयोग गरेको हो । उक्त कार्यक्रम अन्तरगत घोराहीका ६ वटा आयोजना पुरा हुनेछज् ।
त्रिपुर नगरपालिकालाई डेढ करोड बढि अनुदान
मन्त्रालयले नगरक्षेत्र पुर्बाधार बिकास कार्यक्रमका लागि त्रिपुर नगरपालिकामा करिब डेढ करोड बढि अनुदान रकम उपलब्ध गराएको छ । त्रिपुर नगरपालिकाका कार्यकारी अधिकृत कमानसिंह थापाका अनुसार मन्त्रालयले एक करोड ६० लाख ७५ हजार रुपैयाँ अनुदान उपलब्ध गराएको हो ।
थापाका अनुसार मन्त्रालयले न्युनतम अनुदान एक करोड दश लाख , जनसंख्या बापतको रकम १९ लाख ९६ हजार, क्षेत्रफल बापतको रकम ३० लाख ७९ हजार अनुदान सहयोग गरेको हो ।
मन्त्रालयले उपलब्ध गराएको अनुदान र उपभोक्ता तथा नगरपालिकाको लागत सहभागीतामा चालु आर्थिक बर्षमा त्रिपुर नगरपालिकामा पाँचवटा योजना पुरा हुनेछन् ।
नगरपालिकाका कार्यकारी अधिकृत थापाका अनुसार सौरीकुलाको सिंचाई योजना वडा नं. २ , ३,४ र ७ , सिघ रत्ननाथ क्याम्पस जानेबाटो वडा नं.१, झारबैरा चोकदेखी उत्तर तिर जानेबाटोकालो पत्रे वडा नं.२ , डोक्रेना चोक उत्तर तिर कालो पत्रे डा नं. ५ आयोजनाहरुका लागि मन्त्रालयले २५ लाख अनुदान सहयोग गरेको छ ।
त्यस्तै नगरपालिकाको कार्यलय भवन निर्माणका लागि मन्त्रालयले १८ लाख २४ हजार अनुदान सहयोग गरेको १८ लाख २४ हजार अनुदान सहयोग गरेको छ ।
लमहीमा भ्युटावर निर्माण हुने
लमही नगरपालिकाकालाई मन्त्रालयले डेढ करोड अनुदान रकम सहयोग गरेको छ । नगर क्षेत्र पुर्बाधार बिकासका लागि एक करोड ५४ लाख नौ हजार अनुदान सहयोग गरेको नगरपालिकाका कार्यकारी अधिकृत ललित कुमार थापाले बताए । उनका अनुसार न्युनतम अनुदान एक करोड , जनसंख्या बापतको रकम १६ लाख ६१ हजार, क्षेत्रफल बापतको रकम २७ लाख ४८ हजार अनुदान सहयोग गरेको हो ।
मन्त्रालयले लमही ११ मा रहेको अजम्बरी सामुदायीक बनमा भ्युटावर निर्माण गर्न ३५ लाख अनुदान रकम छुट्याएको छ । जसमा उपभोक्ता तथा नगरपालिकाको १५ लाख लागतसहभागीतामा भ्युटावर निर्माण हुने छ । त्यस्तै लमहीमा सडकमा कालोपत्रे राख्ने लगायतका आयोजना सञ्चालन हुने अधिकृत थापाले बताए । राप्ती समाचार
