रुकुम, २ माघ । रुकुमको मुसीकोट नगरपालिकाको आगामी आर्थिक वर्षको बजेट करीब १२ करोड विनियोजन गरिएको छ ।

nepal-money-1-300x165तेस्रो नगरपरिषद्ले आगामी आर्थिक वर्ष २०७४/७५ का लागि ११ करोड ९५ लाख ७९ हजार ९ सय ४० बजेट विनियोजन गरेको नपाका कार्यकारी अधिकृत चन्द्रकान्त पौडेलले जानकारी दिए, जसमध्ये पूँजीगततर्फ ८ करोड ९ लाख २९ हजार ४० रुपैयाँ छ भने चालूतर्फको बजेट १ करोड ३१ लाख ५० हजार ९ सय रुपैयाँ छ । त्यस्तै, सामाजिक सुरक्षा भत्तातर्फ २ करोड ८० लाख रुपैयाँ विनियोजित गरिएको नगरपालिकाको कार्यालयले बताएको छ ।

गतवर्ष रू। १० करोड ४९ लाख ५४ हजार १ सय ९० रुपैयाँ रहेको नगरपालिकाको बजेट यस वर्ष झण्डै २ करोड रुपैयाँ वृद्धि भएको हो । नगरपालिकाले आगामी आवमा सडक निर्माण तथा ढल निकासलगायतको क्षेत्रलाई प्राथमिकता दिएको कार्यकारी अधिकृत पौडेलले बताए । बजेट विनियोजन गर्नु मात्र ठूलो विषय नभएको भन्दै यसको कार्यान्वयनका लागि नगरवासी, स्थानीय राजनीतिक दललगायतको सहयोग आवश्यक भएको उनको भनाइ छ ।