दीपक शर्मा 

बर्दिया  २ माघ  ।  नेपालमा –याप गीतको जग बसाल्ने यम बुद्धको नामले चर्चा पाएका गायक अनिल अधिकारीको निधनले नेपालमा –याप गीतको एउटा तार चुडेको छ ।

yam (2)छोटो समयमै यम वुद्ध भनेर चिनिएका अनिल अधिकारीले सन २०११ म साथी बोलको गीत बाट निकै चर्चा पाएका थिए । उनका गीत –यापमा भएपनि सन्देश मुलक हुने गरेका थिए , उनले लागु औषध दुव्र्यशनि विरुद्ध, वालविवाह विरुद्ध सन्देश मुलक गितहरु गाएका छन । उनको आमा , फुटपाथमा मेरो घर , यो प्रशंग सहितका गीतहरु पनि निकै चर्चित रहेका छन ।

बेलायतको राजधानि लन्डनमा श्रीमती  सगै वस्दै आएका २९ वर्षिय यमबुद्ध वाथरुममा झुन्डिएको अवस्थामा फेला परेको स्थानिय प्रहरीले बताएको छ । अष्ट्रेलियामा रहेका यमबुद्धका जेठान रेश मरहठठाले मृत्यु भएको पुष्टि गर्दे हत्या हो वा आत्महत्या रिपोर्ट पछि मात्रै थाह हुने बताउनु भयो ।

नेपाली युवाहरुका विचमा निकै लोकप्रिय रहेको यमवुद्धको सिकाइ गर्दै थुप्रै युवा युवतिहरुले पनि पछिल्लो पटक –याप गीत मार्फत सन्देश जगाउदै आएका छन ।