सामाजिक संजालको समूह एमआरआरले महोत्तरी जिल्लाको औरहि गा.वि.स. स्थित वडा नं २, ३ र ५ मा रहेको मुसहर बस्तीमा ११५ थान ब्ल्याङ्केट वितरण गरेको छ । समूहका कार्यक्रम व्यवस्थापक बिक्रम के.सी. ले समूहको पाँचौ वार्षिकोत्सवको अवसरमा अघि सार्नुभएको “एमआरआर लभ बैंक–सहयोग जम्मा गर्नुस्, माया र आशीर्वाद पाउनुहोस” फिल्मकर्मी निश्चल बस्नेतले कपडा जम्मा गरेर उद्घाटन गरेका थिए ।
एमआरआर लभ बैंकमा जम्मा भएको सहयोग–एनसीसी बैंकमा कार्यरत दिपा घिमिरे, सुनीता कोईराला रु अमृता पुरीबाट जनही रु ५,०००, रु ३,००० र रु २,०००, कोरियाबाट भेषम न्यौपाने रु ५,१२०, क्यानाडाबाट अमरेश पोखरेल रु ५,०००, पोखराबाट सुमन गिरी र दामोदर न्यौपाने रु २,०००, शिशम राजवंशी रु ५,०००, भैरहवाबाट राजन नेपाल रु ४,०००, कपिल गौतम र सहानी रु १,००० गरी कूल रु ३२,१२० जम्मा भएको थियो । त्यसैगरी बसन्त बानियाँ ब्ल्याङ्केट १ थान, दिपक पाण्डे ब्ल्याङ्केट २ थान, अच्यूत अर्याल २ थान, राजीव घिमिरे ब्ल्याङ्केट २ थान, फिनल्याण्डबाट सुदिप खड्का ब्ल्याङ्केट १० थान सहयोग प्राप्त भएको थियो ।
औरहि गा.वि.स. का गा.वि.स. सचिव, नेपाल प्रहरी प्रतिनिधि, स्वास्थ्य कार्यालयका ईन्चार्जको उपस्थितिमा भएको उक्त कार्यक्रम उपस्थित सरकारी निकायका पतिनिधि लगायत धमौरा–८ बाट आउनुभएका जेष्ठ नागरिक अजामत अन्सरी र स्थानीय शिक्षक बसारत अन्सारीबाट हस्तान्तरण गरी सुरुवात भएको थियो । स्थानीय सरोज यादवले ब्ल्याङ्केट आवश्यक रहेको जानकारी एमआरआर लमजुङका प्रतिनिधि दामोदर भण्डारीलाई गराएपछि काठमाडौंबाट बिक्रम के.सी., ईस्माम अन्सारी, कृष्णहरी आचार्य र सुबोध बुढाथोकीको टोली ब्ल्याङ्केट लिएर गएको थियो भने सो टोलीलाई स्थानीय एमआरआरका सदस्यहरु साहिद अन्सारी, श्रवण शर्मा, उमेश मण्डलले सहयोग गरेका थिए ।
नेत्र राना, सुनील कुमार शर्मा, नारायण रिजाल, सन्तोष कुमार थापा र सुबोध बुढाथोकीको टोलीले देशैभर समन्वय गरि सहयोग संकलन गरिरहेका छन् । एउटा वडामा १८ थान ब्ल्याङ्केट अपुग हुँदा केहि नरमाईलो लागेपनि वृद्धवृद्धा, एकल महिला र अपाङ्गलाई प्राथमिकतामा राखी वितरण गर्दा स्थानीयले कुरा बुझि सहयोग गरेका थिए । एकदम आवश्यक रहेको ठाउंमा पुग्दा खुशी लागेको र अब चाँडै नै सुदूर पश्चिममा ब्ल्याङ्केट वितरणका लागि दुबईमा रहेका एमआरआरका साथीहरुले सहयोग संकलन सुरु गरिसकेको साथै एमआरआरमा अर्पण कुमार शर्माले जम्मा गनुभएको एक थान कम्प्यूटर र शिक्षा सामाग्री स्थानीय विधालयलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको एमआरआरका कार्यक्रम व्यवस्थापक बिक्रम के.सी. ले बताए ।
