पौष २९, काठमाडौं । देशभक्त गणतान्त्रिक मञ्चले समाजसेवा, साहित्य, कला, सङ्गीत, पत्रकारिता लगायतका क्षेत्रमा योगदान गर्ने ४० जना स्रष्टा र सामाजिक व्यक्तित्वहरुलाई सम्मान गरेको छ । शुक्रबार दिउँसो काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच स्रष्टाहरुलाई सम्मानित गरिएको हो ।

_DSC8188

गणतान्त्रिक मञ्चले शिक्षा क्षेत्रबाट नवीन जोशी, सामाजिक सुरक्षाबाट जयबहादुर चन्द, समाजसेवाबाट अस्मिता सुमार्गी, व्यवसायीबाट तेजेन्द्र खड्का, खेलकूदबाट सुनिल कटुवाल, चलचित्रबाट अमित ढुङ्गाना, समाजसेवाबाट जितबहादुर बि.क.लाई सम्मान गरेको हो ।

त्यसै गरी मञ्चले चलचित्रबाट अभिनेत्री बिमला केसी, जनसंस्कृतिकर्मीबाट लक्ष्मी गुरुङ, प्रगति महरा, केशरी घर्तिमगर, कुस्मिता दर्लामी, प्रगति महरा, साहित्यकारहरुबाट शान्ता श्रेष्ठ, सुशीला प्रधानाङ्ग, बिन्दा मैनाली, सीता शर्मा, सुमित्रा वाङ्देल चेली, पञ्चकुमारी परियार, राधा कार्की, लक्ष्मी माली, सरला शर्मा, अमृता नेपाल, रत्नलक्ष्मी श्रेष्ठ, सत्या पहाडी, बाबा बस्नेत, नाट्यकर्मीबाट लता कार्की, प्रनिता परियार, रीता थापा, पत्रकारबाट सुनिता रेग्मी, आस्था के.सी., रुवी श्रेष्ठ, प्रभा बोगटी, सङ्गीता खड्का, रुपा महर्जन, लक्ष्मी पुन, सुमिता तामाङ, ललितकलाबाट सौरगंगा दर्शनधारी, अनिता भट्टराई र अनिता लामालाई सम्मान गरिएको हो ।

कार्यक्रममा साहित्यकार बाबा बस्नेतको ‘युद्धको बाँसुरी’ कविता सङ्ग्रह बिमोचन गरिएको थियो । बिमोचन कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले भन्नुभयो, ‘स्रष्टाको सम्मान गर्ने परम्पराको थालनी गर्नुभएकोमा खुसीको महशुस भएको छ । थुप्रै घुम्ती मोडहरुका बीच पनि समाजका विविध क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने स्रष्टा र व्यक्तित्वहरुको सम्मानले नयाँ पुस्ताका लागि पनि प्रेरणा दिनेछ ।’

कार्यक्रममा माओवादी केन्द्रका नेता एवं स्रष्टा दीनानाथ शर्माले साहित्यकारहरुले साहित्यका माध्यमबाट समाज परिवर्तनमा मौलिक योगदान दिनसक्ने बताउनु भयो । सो अवसरमा गीति एल्वम् ‘बिहानी’को पनि बिमोचन गरिएको थियो ।