जनक नेपाली
दाङ । रामपुर ८ काडाखुटीका तिलक परियार र उहाँको श्रीमती शुशिला परियार राप्ती उपक्षेत्रिय अस्पतालको बेडमा रुदै हुनुहन्थ्यो । वरपर रहेका विरामी र उनका आफन्तहरु समेत परियारको दम्पतिलाई नियाली रहेका थिए । यो दृश्य देख्दा अधिकासं विरामी भावुक देखिन्थे । १३ बर्षिय छोरा खिमबहादुरको परियारको उपचार गराउँन घोराहीको राप्ती उपक्षेत्रिय अस्पतालमा तिलक र शुसिलाले छोराको ज्यान बचाईदिन यसरी हार गुहार गरिरहेका थिए । टाउकोमा पानी जमेका कारण त्यसको अप्रेशन गर्नुपर्ने भन्दै अस्पतालले रिफर गरिदिएपछि छोराको उपचारका लागि पैसा नहुदा परियारको दम्पति विचल्लीमा परेको हो ।

sahayog

अन्य विरामीहरुले दिएको सय ÷ पचाँस रुपैयाँले औषधी किन्ने गरेका छौ भन्नुभयो । ‘आज अस्पतालले पनि अनेत्र लैजान भन्दै रिफर गरिदिएको छ गोजीमा एक हजार मात्र छ छोराको उपचार कसरी गर्नु’ भन्नुभयो टाउको को अप्रेशन गर¥योभने छोराको ज्यान बच्न सक्ने भनेर डाक्टर साफ् भन्नु भएको छ तर अप्रेशन गर्ने पैसा हामी संग छैन ’ शुिसलाले दुखेसो पोख्नुभयो ।

कोहलपुर मेडिकहल कलेज, नेपालगंज हस्पिटलमा स्वास्थ्य परीक्षण गराउँदा टाउकोमा पानी छ डाक्टरले भनेपछि थाहा भएको शुसिलाले वताउनुभयो । नेपालगंजबाट उपचार गराएर घर फर्केका परियारको बाच्ने रहरहरु विस्तारै पलाउदैगयो । दैवपनि कस्ता निष्ठुरी सायद खिमलाई गाउ घरमा डुलेकोे मन परेन होला । त्यसैले होला सायद आर्थिक अभावको चपेटामा परेका खिमबहादुरको परिवार संग अहिले औषधी गर्नलाई पैसा समेत छैन ।

टाउकाको समस्या भएर होला परियार पछिल्लो समय खाना खान समेत सक्दैनन बरु औषधीकै भरमा बाच्दै आएको छन् । छोराको उपचारका लागि सडकाका पेटी पेटीमा सहयोग माग्दै हिडि रहेको भन्दै आफ्ना कुरा अहिले सम्म कसैले सुनेका छैनन् । आर्थिक अभाव हुदा उनलाई एकातिर मृत्यु र अर्कातिर जीवन लिएर भौतारीरीनु पर्ने स्थिती सिर्जना भएको शुसिलाले वताउनुभयो । छोराको उपचारका लागि घरखेत बचेर समेत औषधी गर्न नपुग्ने वताउँदै ज्यान बचाईदिन उहाँले सबै संग याचना गर्नुभएको छ ।

गरिव,सामान्य किसान परिवारमा जन्मनु अभिसाब बनेको छ र मृत्यु स्वीकार्नु बाहेक अरू विकल्प हाम्रा सामु केही छैन, तर सास रहुन्जेल आश भनेझैं उनले हार खाएका छैनन र आफ्नो जीवन वचाइ दिन दानवीर समक्ष हारगुहार गरेका छन । यति खेर खिमबहादुरले सबै सामु हात फैलाएर आफ्नो जिवनको भिख मागिरहेका छन । उपचारका लागी घरको आर्थिक अबस्था कमजोर भएकाले उपचार गर्न समस्या भएको भन्दै उनका वुवा तिलक परियारले मानविय नाताले भएपनि छोरा जीवन रक्षा गरिदिन सबैलाई आग्रह गर्नुभएको छ ।

छोरालाई जिबनको आशा छ, स्वदेश तथा बिदेशमा रहेका जिबनदाताहरुले मलाई अमुल्य जिबनको दान गर्न बिन्ति विसाउछु परियारले भन्नुभयो । काडाखुटीको एैलानी जमिनका बसेको भन्दै काम गरेको पैसाले छोराको उपचार गर्न नसिकने वताउनुभयो । दिनभर लेवर गरेको पैसाले एक पटकको औषधी किन्न समेत नपुग्ने वताउदै आर्थिक अभावको कारण छोराको ज्यान समेत बचाउन नसक्ने अबस्थामा पुगेको वताउनुभयो ।

छोराको उपचारका लागि अहिले सम्म चार लाख रकम खर्च भएकको वताउँदै अब छोराको उपचार कसरी गर्ने भन्ने चिन्ताले पिरोलेको तिलकको भनाई छ । त्यसैले कसरी बाच्नु भगवान कै भरोसामा छौ । त्यसैले छोराको ज्यान बचाईदिन सबै संग याचना गर्नुभएको छ ।