दाङ, १४ जेठ
जिल्ला शिक्षा कार्यालय दाङले निरन्तर शिक्षा कार्यक्रम अन्तर्गत साक्षर भएकाहरुको परिक्षा लिन शुरु गरेको छ ।01अनौपचारीक शिक्षा केन्द्रको कार्यक्रम अन्तर्ग देशभरीको कार्यक्रम अन्तर्गत दाङमा पनि यो कार्यक्रम थालिएको कार्यालयले वताएको छ ।

निरक्षरहरुलाइ साक्षर वनाउनका लागी दाङमा ३ सय २० वटा कक्षा सन्चालन गरिएको थियो ।

साक्षरता कक्षावाट पढ्न लेख्न सिकेकाहरुलाइ जानेका कुरा विर्सन नदिन र अझ सिक्दै जाने वातावरण निर्माण गर्न साक्षरहरुको परिक्षा सन्चालन गरिएको निमित्त जिल्ला शिक्षा अधिकारी दण्डपाणि घिमिरेले जानकारी दिनुभयो ।1

साक्षरता कक्षामा सहभागी भएकाहरुले पढेको कुरा कति सिके, उनीहरुको सहभागिता, लेखनमा भएको विकास भए नभएको वारेमा जानकारी सलिने काम यहि ५ गते परिक्षा सुरु भएको उहाँले वताउनुभयो ।

पहिलो चरणको कार्यक्रम सकिएको र दोस्रो चरण अन्तर्गतको लिखित परिक्षा आगामी असार अन्तिमदेखि सुरु गरिनेछ । दाङमा १५ वटा स्रोत केन्द्रमार्फत परिक्षा लिन सुरु गरिएको कार्यालयले वताएको छ । चालु आर्थिक वर्षमा ६ हजार जना साक्षर भएका छन भने त्यत्तिकै संख््यामा निरक्षरहरु रहेका छन ।।