इन्द्रेणी संवादाता
घोराही, १४ जेठ
दाङका विद्यार्थी नेता तिलक रावतले आफ्नो जन्मदिनको अवसरमा आज बहिरा विद्यार्थीहरुलाई सहयोग गर्नुभएको छ ।
नेपाल विद्यार्थी संघ दाङ क्षेत्र नम्बर ३ का सभापति रावतले आफ्नो २५ औ जन्मदिनको अवसरमा बालविकास मावि घोराहीका २५ जना बहिरा विद्यार्थीहरुलाई शैक्षीक एवं खेलकुद सामाग्री प्रदान गर्नुभएको थियो ।
विद्यालयमा एक कार्यक्रमको आयोजना गरी विद्यार्थीहरुलाइ शैक्षिक सामाग्रप्ी प्रदान गरिएको हो । रावतको अध्यक्षता एवं विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा वोल्ने वक्ताहरुले रावतले हरेक व्यक्तिले आफ्नो जन्मदिन रचनात्मक काम गरेर मनाउन आवश्यक रहेको बताएका थिए ।
कार्यक्रमको सहजिकरण नेविसंघ दाङ क्षेत्र नम्बर ३ का सचिव लेखनाथ बुढाथोकीले गर्नुभएको थियो । युवा नेता रावतले सामाजिक क्षेत्रमा क्रियाशिल रहँदै आउनुभएको छ ।।










