बिमल योगी
दाङ,२८ पुस । दाङको सौडियार ३ लखवारमा आज समाबेशी उपभोक्ता समिति गठन गरिएको छ । जिल्ला बिकास समितिको सहयोगमा चालु आर्थिक बर्ष २०७३÷०७४ सालमा १० लाख रुपैयाबाट सञ्चालन हुने सडक निर्माणका दुर्गाबहादुर ओलीको अध्यक्षतामा ११ सदस्सीय समिति गठन गरिएको हो ।
निर्वाचन क्षेत्र बिकास पूर्वाधार बिकास कार्यक्रम अन्तरगत सौडियार ३ सुन्दर टोल सरैया हुदै गुलरिया लखवार खल्याणदेखी लमडरुवा सम्मको सडक निर्माणका लागी ठित समितिको सचिवमा तारासिँह बुढाथोकी,कोषाध्यक्षमा चन्दाकुमारी घर्ती,सदस्यहरुमा नन्दकुमार आचार्य,बुझौना चौधरी,रुपन्वा चौधरी,बमकुमारी डागी,माया भण्डारी,खड्गबहादुर थापा,नन्दा घर्ती,राधा भण्डारी लगायतका रहनुभएको छ ।
वडा नागरिक मञ्चका संयोजक पवित्रा घर्तीको अध्यक्षता तथा गा.वि.स.सचिव टेकबहादुर खड्काको प्रमुख आतिथ्यमा भएको भेलाले योजना अनुगमनका लागी पाँच सदस्सीय समिति समेत गठन गरेको छ । समितिको संयोजकमा पवित्रा घर्ती,सदस्यहरुमा यामबहादुर डागी,पम्फा केसी,अविन चौधरी,जितबहादुर केसी लगायत रहेका छन् ।
