दाङ, २८ पुस । आगामी माघ २७ गतेदेखि सुरु हुने महोत्सब स्थल सरसफाईका लागि जिल्ला स्थित सुरक्षा निकाय तथा सामाजिक संघसस्थाहरुले सहयोग गर्ने भएका छन । मध्यपश्चिम ब्यापारीक, सास्कृतिक एवं पर्यटन महोत्सब २०७३ सञ्चालन हुने स्थान घोराहीको नवलपुर स्थित खाली मैदान सरसफाईका लागि नेपाली सेना लगाएत विभिन्न सामाजिक संघसस्थाहरुले सहयोग गर्ने भएका हुन ।
व्यवसायीक प्रर्बद्धन, स्थानिय कला संस्कृतिको संरक्षण, खेलकुदको विकास र प्रचारप्रसारको साथै पर्यटकिय सम्पदाहरुको पहिचान, विकास र प्रचारका लागि आयोजना गर्न थालिएको महोत्सब स्थलमा माघ ५ गते भब्य कार्यक्रमको आयोजना गरी सरसफाई गरीने मुल आयोजक समितिका संयोजक यमबहादुर पुनले जानकारी दिनुभएको छ ।
सरसफाई कार्यक्रमका लागि जिल्ला स्थित नेपाली सेनासंग छलफल भैसकेको र बाकि सुरक्षा निकाय तथा स्थानिय क्लब, समुहहरु संग समन्वय भैरहेको आयोजकले बताएको छ । माघ २७ गते देखि फागुन ९ गतेसम्म १२ दिन चल्ने महोत्सब विभिन्न निकायहरु संगको समन्वय तथा छलफललाई तिव्रता दिईएको छ ।