दाङ, २८ पुस । प्राविधिक शिक्षाको स्तर उन्नतिका लागि दाङको घोराहीमा यही माघ ३ देखि १० गतेसम्म सञ्चालन हुने राष्ट्र निर्माण धार्मीक महोत्सव एवं श्रीमाद्भागवत सप्ताह ज्ञान महायज्ञ २०७३ को प्रचारप्रसारका लागि आज विहीवार मोटरसाइकल ¥याली निकालिएको छ ।
फोटो : अभिलास राजभण्डारी
पद्मोदय पब्लीक नमुना माध्यामीक विद्यालय घोराही ११ भरतपुरको आयोजनामा विद्यालयको शैक्षीक गुणस्तर अभिवृद्धि एवं स्तरिय प्राविधीक शिक्षालय सञ्चालनार्थ “सबै धर्मबचि एकता, हामी सबैले बुझौ प्राविधीक शिक्षाको आवश्यकता” भन्ने मुल नारामा साथ आयोजना गरिएको महायज्ञको प्रचारप्रसारकालागी घोराहीमा भव्य मोटरसाइकल ¥याली निकालिएको हो ।
¥यालीमा १ सय वढी मोटरसाईकलको सहभागीता रहेको थियो । महायज्ञ स्थलबाट सुरु भएको ¥याली सहिद गेट, तुल्सीपुर चोक, दामोदर चोक, बैंक रोड, रझेना चोक, विपी चोक, ट्राफिक चोक, निमा हल रोड, नेपाल टेलिकम, नयाँ बजार, त्रिभुवन पार्क, दामोदर चोक, मिलन चोक, गोर्खा हस्पीटल, रतनपुर चोक, दिपशीखा चोक हुदै पद्माृेदय पब्लीक माविको प्रांगणमा पुगेर समापन गरिएको थियो ।
