दमक, २७ पुस । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले राष्ट्रहित अनुकूल काम गर्न नसकेको आरोप लगाएका छन् ।

kp_oli_आज झापाको दमकमा प्रेस चौतारीले आयोजना गरेको पत्रकारसम्मेलनमा अध्यक्ष ओलीले वर्तमान सरकारले ल्याएको संशोधन विधेयक देश र जनताका हितविरुद्ध रहेको जिकिर गरे ।

वर्तमान सरकारले संविधान कार्यान्वयन गर्न निर्वाचनमा जानुपर्ने उल्लेख गर्नुहुँदै ओलीले भने, “सरकारको अहिलेसम्मको गतिविधि निर्वाचन गराउनु सट्टा संविधान संशोधनको बहानामा अल्झिएर देशलाई द्वन्द्वमा धकेल्न खोजेको आरोप लगाए । निर्वाचन बिना संविधान कार्यान्वयन हुन नसक्ने बताउँदै अध्यक्ष ओलीले मुलुकलाई द्वन्द्वमा लैजाने गम्भीर षडयन्त्र भइरहेको छ ।’

उनले संविधान संशोधन विधेयक संसद्मा झुक्याएर दर्ता गरिए पनि त्यो कुनै हालतमा पारित हुन नसक्ने दोहो¥याए । उनले संशोधन विधेयक फिर्ता लिएर निर्वाचनको वातावरण बनाउन लागे मात्र एमालेले सरकारलाई साथ दिने बताए ।