धादिङ, २७ पुस । धादिङको भुमेस्थानस्थित सिम्लेबाट ४० किलो लागु औषध चरेससहित चार जनालाई आज प्रहरीले पक्राउ गरेको छ ।
पृथ्वी राजमार्ग अन्तर्गत सिम्मलेमा गाडी कुरेर बसेका बेला प्रहरीलाई देखेपछि भागन लागेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुको साथबाट ४० किलो चरेससहित प्रहरीले चरेसको कारोबारबाट आएको एकलाख ६१ हजार २ सय भारतीय रुपैयाँ पनि बरामद गरेको छ ।
पक्राउ पर्नेमा धादिङ भुमेस्थान– ७ का ३४ वर्षे सन्तोष रिजाल, भारत दरभंगाका–२० वर्षे अकलेखकुमार भगत, १८ वर्षे सन्तोष पासवान र भारत दरभंगा घर भई रुपन्देही बस्ने २८ वर्षे बिटु भन्ने मधु गिरी रहेको प्रहरी नायव उपरीक्षक दिपेन्द्र पञ्जीयर थारुले जानकारी दिए ।
