काठमाडौँ, २७ पुस । ऊर्जा मन्त्रालयले सुरु गरेको ‘नेपालको पानी जनताको लगानी’ अन्तरगत आज तीन दिनमै १ अर्ब ९ करोड रुपैयाँ लगानीको प्रतिवद्धता आएको छ ।
ऊजा मन्त्री जनार्दन शर्माको सचिवालयका अनुसार आज बुधबार अपरान्ह ४ बजेसम्म अनलाइनमार्फत सर्वसाधरणबाट यस्तो प्रतिवद्धता आएको हो । मन्त्रालयका अनुसार बुधवार मात्रै ३ हजार ५७ जना आवेदकबाट १९ करोड ५८ लाख ९८ हजार १२५ रुपैयाँको लगानी प्रतिवद्धता आएको छ ।
मन्त्रालयका अनुसार हालसम्म १५ हजार २ सय ८३ जना सर्वसाधरणबाट १ अर्ब ५ करोड ४३ लाख ४३ हजार ३ सय ७५ रुपैयाँ लगानी प्रतिवद्धता आइसकेको छ । त्यसैगरी तीन दिनमा १२ वटा कम्पनीबाट ४४ करोड ६७ लाख ५ हजार रुपैयाँ लगानी प्रतिवद्धता आएको छ ।
