दाङ, २७ पुस । दाङको सौडियार गाँउ बिकास समितिले ४ करोड ३३ लाख ३३ हजार ६ सय रुपैयाको बजेट पारित गरेको छ । आज सम्पन्न २२ औं गाँउ परिषदले चालु आर्थिक बर्ष २०७३/०७४ को थप बजेट अन्तरगत ८१ लाख सात हजार र सञ्चालनतर्फ एक करोड ३५ लाख ४९ हजार ६ सय रुपैया गरी जम्मा दुई करोड ६५ लाख ६ हजार ६ सय रुपैया बजेट बिनियोजन गरेको हो ।
यस्तै आगामी आर्थिक बर्ष २०७४÷०७५ का लागी पूँजिगततर्फ ८० लाख ५७ हजार र सञ्चालनतर्फ एक करोड ३६ लाख १९ हजार ६ सय गरी २ करोड १६ लाख ७६ हजार ६ सय रुपैयाको बजेट पारित गरेको हो । गा.वि.स.सञ्चालन समितिका अध्यक्ष तथा गाविस.सचिव टेकबहादुर खड्काको अध्यक्षता तथा जिल्ला बिकास समितिका सुचना अधिकृत कृष्ण केसीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले गाविसलाई जिल्लाकै नमुना बनाउन नयाँ खालका योजना र कार्यक्रम ल्याउन सुझाव दिएका छन ।
गाँउ परिषदमा बजेट बक्तव्य प्रस्तुत गर्दै गाविस सचिव टेकबहादुर खड्काले आगामी आर्थिक बर्ष २०७४÷०७५ का लागि महिला लक्षित बर्गका लागि सात लाख ८१ हजार २ सय २९ रुपैया, बालबालिका तर्फ ११ लाख ७२ हजार दुई सय ९३ रुपैया, पिछडिएको बर्गका लागि ११ लाख ७२ हजार दुई सय ९३ रुपैया,कृषी क्षेत्रका लागि ११ लाख ७२ हजार दुई सय ९३ रुपैया, ठुला पूर्वाधारतर्फ २१ लाख २९ हजार २ सय चार रुपैया र साना प्रवद्र्धनात्मक योजना तथा कार्यक्रमका लागी २१ लाख २९ हजार २ सय चार रुपैयाको बजेट छुट्याइएको जानकारी दिए ।
