घोराही, २७ पुस । प्राविधिक शिक्षाको स्तर उन्नतिका लागि दाङको घोराहीमा यही माघ ३ देखि १० गतेसम्म सञ्चालन हुने राष्ट्र निर्माण धार्मीक महोत्सव एवं श्रीमाद्भागवत सप्ताह ज्ञान महायज्ञ २०७३ को प्रचार प्रसारका लागि मोरसाइकल ¥याली निकालिने भएको छ ।

पद्मोदय पब्लीक नमुना माध्यामीक विद्यालय घोराही ११ भरतपुरको आयोजनामा विद्यालयको शैक्षीक गुणस्तर अभिवृद्धि एवं स्तरिय प्राविधीक शिक्षालय सञ्चालनार्थ “सबै धर्मबचि एकता, हामी सबैले बुझौ प्राविधीक शिक्षाको आवश्यकता” भन्ने मुल नारामा साथ हुने महायज्ञको प्रचारप्रसारकालागी भोली विहीवार दिउसो मोटरसाइकल ¥याली निकालिने भएको हो ।

महायज्ञ आयोजक मूल समितिको आयोजनामा ¥याली हुने आयोजक मूल समितिका अध्यक्ष गोविन्दप्रसाद न्यौपानेले जानकारी दिए । विहीवार दिउसो २ बजे महायज्ञ स्थलबाट ¥याली सुरु हुने र घोराही क्षेत्रका विभिन्न स्थानको परिक्रमा गी महायज्ञ स्थलमा नै आएर सभा गर्ने प्रचारप्रसार समितिका संयोजक सुदिप गौतमले जानकारी दिएका छन् ।