शंकर केसी
सल्यान, २७ पुस । धार्मिक आस्थाको केन्द्र सल्यानको छाँयाक्षेत्रमा स्वस्थानीको ब्रत अवधिभर विशेष पुजाअर्चना र दर्शन हुने भएको छ । सत्ययुुगमा महादेवले सतीदेवीको मृत शरीर बोकेर विश्व भ्रमण गर्दा सतिदेवीको अन्तिम अंग पतन भएको छाँयाक्षेत्रको दर्शन गर्नाले मनले चाहेको पूर्ण हुने जनविश्वास अनुसार माघ महिनाभर छत्रेश्वरि सतीपिठमा विभिन्न स्थानबाट दर्शनार्थीहरु आउने गर्दछन् ।
छाँया क्षेत्र मोक्ष प्राप्ति गर्ने पुण्य भूूमि भएको धार्मिक विश्वास छ । पौराणिक कथा अनुुसार सतिदेवीको शरीरको पहिलो भाग गुुहेश्वरीमा पतन भएको थियो भने शरीरको अन्तिम भाग सल्यानको छाँयाक्षेत्रमा पतन भएको हो । जहाँ जहाँ अंग पतन भए त्यहाँ सबै पूूण्यभूूमिको रुपमा रहेका र अन्तिम अंग पतन भएको छाँया क्षेत्र मोक्ष प्राप्त गर्ने पूूण्य भूूमि भएको छत्रेश्वरि भगवती मन्दिरका नागाबाबा उमेश गिरीले बताए ।
विशेष गरेर स्वस्थानी ब्रत लिएका ब्रतालुहरुले एक दिन भएपनि छत्रेश्वरिको दर्शन गरेमा ब्रतको फल मिल्ने विश्वास गरिन्छ । धार्मिक आस्थाको केन्द्र छाँयाक्षेत्रमा काठमाडौं, बुुटवल र छिमेकी जिल्ला दाङ, रुकुम, रोल्पा, प्युठान, सुर्खेत, बाँके, बर्दिया लगाएतका जिल्लाबाट मानिसहरु आउने गर्दछन् । भोलि देखि शुरु हुन लागेको श्रीस्वस्थानीको अवधिमा पनि उल्लेख्य रुपमा दर्शनार्थीहरु आउने छत्रेश्वरि सतीपीठ, क्षेत्र विकास समितीले विश्वास गरेको छ ।
