रुकुम, २७ पुस । नेपाल पत्रकार महासंघ रुकुमले नयाँ सदस्यता वितरणमा मनोमानी र नक्कली बैठक पुस्तिका बनाइ पत्रकार महासंघमा पेस गरेको भन्द्रै जिल्लास्थित पेशगत संगठन र पत्रकार महासंघकै पदाधिकारहरु विरोधमा उत्रिएका छन् ।
जिल्ला स्थित पेशागत संगठन र महासंघमा आवद्ध सदस्य एवं पदाधिकारीहरुले सयुक्त रुपमा बिज्ञप्ती जारी गरी नेपाल पत्रकार महासंघ रुकुम शाखाको बैठकले सर्बसम्मत रुपमा गरिएको नयाँ सदस्य सिफारिसको निर्णय विपरित अध्यक्ष गणेश विक चिन्तन र सचिव सुरेन्द्र खत्रीको मिलेमतोमा अपारदर्शी तरिकाले किर्ते सूची र वैठक पुस्तिका बनाई केन्द्रमा सिफारिस गरेको आरोप लगाएका छन् ।
आज विज्ञप्ति जारी गर्दै अध्यक्ष–सचिव जस्तो जिम्मेवार पदमा बसेको ब्यक्तिहरुको किर्ते काम गरेकोप्रति गम्भिर ध्यानाकर्षण भएको उनीहरुले जनाएका छन् ।
