तुलसीपुर, २७ पुस । तुलसीपुर ८ दुधेनाबासीले प्रत्येक व्यक्तिवाट एक रुँपैया शंकलन गरेर ९५७ रुँपैया जम्मा गरेका छन् । सडक कालोपत्रे गर्ने काम अलपत्र अवस्थामा पुगेपछि मंगलवार दुधेनावासीले शांकेतिक विरोध स्वरुप प्रतिव्यक्ति एक रुँपैया शंकलन अभियान चलाएका थिए । झन्डै तीन घन्टा सम्म उक्त अभियान सञ्चालन गरिएको थियो ।
सडक कालोपत्रे गर्ने जिम्मा लिएका निर्माण व्यवसायी काम छोडेर व्यपत्ता भएपछि दुधेनावासीले शांकेतिक विरोध स्वरुप एक रुँपैया संकलन अभियानमा उक्त रकम जम्मा भएको स्थानीय राधाकृष्ण टोल विकास संस्थाका अध्यक्ष जीतबहादुर खड्काले बताए ।
उनले ईलाका प्रशासन कार्यालय तुलसीपुर मार्फत सडक डिभिजन कार्यालय दाङमा सर्वसाधरण जनतावाट संकलित ९५७ रुँपैया केही दिन भित्रै पठाइने जानकारी थिए । अध्यक्ष खड्काले रकम शंकलन संगै पश्चिम दाङमा सञ्चालन हुने हरेक गाडिमा विरोध स्वरुप कालो झन्डा टाँगिएको बताए । उनले उक्त सडक खण्ड भएर पैदल हिड्ने व्यक्ति देखि मोटरसाईलकल चालकहरुलाई समेत व्यानर हेर्न र पढ्न लगाएर एक रुँपैया शंकलन गरिएको जानकारी दिए ।
२०७२ साल चैत मसान्त सम्म कालोपत्रे सम्पन्न हुनुपर्ने दोघरे देखि बालापुर सम्मको ७ किलोमिटर सडक हालसम्मपनि काम नभएपछि दुधेनावासी शांकेतिक विरोधमा उत्रिएका हुन । यसैबीच संघर्ष समितिले माघ ७ गते तीन घन्टा चक्का जाम गर्ने निर्णय भएको जानकारी अध्यक्ष खड्काले दिएका छन् ।
यसअघिपनि उनीहरुले छिटो सडक खण्ड कालोपत्रे हुनुपर्ने माग सहित विभिन्न आन्दोलन गरेका थिए । सात किलो मिटर सडक मर्मतका लागि बोखिम निर्माण प्रालिले सात करोडमा ठेक्का लिएको थियो । तर ४८ प्रतिसत विलोमा टेन्डर स्वीकारेको उक्त कम्पनीका ठेकेदारले घाटाहुने देखेपछि फरार रहँदै आएको स्थानीयवासीले बताउँछन् । उक्त सडक खण्डमा सात करोड मध्ये तीन करोडको काम भएको र नाला र ग्राभेलको काम मात्रै भएको छ ।