इन्द्रेणी संवाददाता
तुलसीपुर, २७ पुस । नेकपा एमालेका सचिव योगेश भट्टराइले अहिलेको सरकार सबै कानुन नीति नियम मिचेर अघि वढ्न खोलेको बताए । आज दाङको तुलसीपुरमा प्रेस चौतारी दाङले आयोजना गरेको पत्रकार भेटघाटमा सचिव भट्टराइले यस्तो बताएका हुन् ।
सचिव भट्टराइले माओवादीले विगतमा खसीको टाउको राखेर कुकुरको मासु वेच्ने गरेको र अहिले आएर बोकाको टाउको समेत नराखेर कुकुरको मासु वेचिरहेको आरोप लगाए ।
उनले माओवादीलाई अधिनायक वादीको संज्ञा दिदै काग्रेसजस्तो ऐतिहासिक र लोकतान्त्रिक पार्टीले समेत प्रचण्डको संसदलाई कुकुरको मासु बेच्ने कुरामा साथ दिएको बताए । एमालेको योजना संसदबाट संसोधन प्रस्तावलाई पारित हुन नदिने र चुनावमा भने जाने रहेको सचिव भट्टराइले बताए ।
