रामेछाप, २७ पुस । रामेछापमा ट्रिपर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । आज बिहान भएको दुर्घटनामा अन्तय तीन जना घाइते भएका छन् ।

downloadना १ ञ ५७ नंबरको ट्रिपर मन्थलीमा दुर्घटना हुँदा सहचालक सिन्धुलीको भद्रकालीका रमेश बम्जनको ज्यान गएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका चालक रमेश घिमिरेलाई उपचारका लागि काठमाडौं पठाइएको छ ।

अरु दुई जनाको रामेछापमै उपचार भइरहेको छ । सहचालकले ट्रिपर चलाएका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।