काबुल, २७ पुस । अफगानिस्तानको राजधानी काबुलस्थित संसद भवननजिकै मङ्गलबार भएका दुई बम विस्फोटमा परी २१ जनाको मृत्यु भएको छ। व्यस्त समयमा भएका विस्फोटनमा परी ४५ जना घाइते भएका छन्।
संसद भवनबाट कर्मचारीहरु बाहिर निस्कने गेट बाहिर भएका विस्फोटको तालिवानले जिम्मा लिएको छ। पहिलो विस्फोट पैदल हिँडिरहेका आत्मघाती आक्रमणकारीले गराएका थिए। लगत्तै संसद भवनको सडकपारि पार्किङ गरेर राखेको कारबम विस्फोट भएको थियो। घाइते भएकामध्ये प्रायः संसद भवनका कर्मचारी रहेको आशंका गरिएको छ। एएफपी
