काठमाडौं, २६ पुस । राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले कि संघियता रहने कि नेपाल रहने बताएका छन् ।

chitra-bahadur-kcआज राजधानीमा रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै केसीले हाड र तराइलाई टुक्राएर आफ्नो लामो समयदेखिको योजना संघियता नेपालीको घाँटीमा जबरजस्ती भिडाएर कालान्तरमा नेपाललाई भारतमा गाभ्ने योजना पुरा गर्न लागेकाले कि संघियता रहने कि नेपाल रहने बताएका हुन् ।

उनले प्रतिपक्षको बिरोधका माँझ संशोधन बिधेयक टेबल गरेर संसदको मर्यादा बिपरित गएर बिदेशीको आदेश पालना गर्न वर्तमान सरकारले संशोधन बिधेयक टेबल गरि गाइजात्रा देखाएको बताए ।

उनले स्थानिय तहको निर्वाचनको बिधेयक ल्याउने अवस्थामा लोकमानको मुद्दा र संशोधन प्रस्ताव ल्याएर अल्झाउने र सत्ता र शक्तिका लागि छिमेकीको भरमै निर्भर हुने अवस्था छाडी समय मै युद्धस्तरमा स्थानीयको निर्वाचनको तयारी गर्नु पर्ने र यदि स्थानीय निकायको निर्वाचन नभए लोकतन्त्र र गणतन्त्र समाप्त हुने बताए ।