बाँके, २६ पुस । युवा सङ्घ नेपालका केन्द्रीय सदस्य एवं बाँके इञ्चार्ज सन्तोष बुढाथोकीमाथि खुकुरी प्रहार गरी फरार भएका मुख्य आरोपी लक्ष्मण मल्ललाई प्रहरीले पक्राउ पक्राउ गरी मंगलबार सार्वजनिक गरेको छ ।

santosh-budhathokiकोहलपुर इलाका प्रहरी कार्यालयले आज आयोजना गरेको पत्रकार सम्मेलनमा खुकुरी प्रहार गर्ने बाजुरा रुगिन गाविस–१ घर भई हाल कोहलपुर नगरपालिका–१० बस्ने १९ वर्षीय लक्ष्मण मल्ललाई सार्वजनिक गरेको हो ।

यही पुस १४ गते राति ८ बजे नेपालगन्ज सुर्खेत सडकखण्डको कोहलपुर–११ विद्युत्रोड नजिकै रहेको वेलकम कटेजमा युवा सङ्घका केन्द्रीय सदस्य बुढाथोेकीलाई खुकुरी प्रहार गर्ने मुख्य आरोपी मल्ल फरार भएका थिए ।

फरार मल्लललाइ प्रहरीले पक्राउ गरी सार्वजानिक गरेको हो । “खुकुरी प्रहार भएको २५ मिनेटपछि मात्रै हामीलाई घटनाबारे थाहा भयो ।” प्रमुख प्रहरी नायब उपरीक्षक सुरेशप्रसाद काफ्लेले भने – “घाइतेसंग तत्कालै लिइएको बयानअनुसार हामीले फरार मल्लको खोजी र घटनाको अनुसन्धान थालेका हौंँ ।”घटना भएको ११ दिनपछि आरोपी मल्ललाई पुस २३ गते काठमाडौँबाट प्रहरीले पक्राउ गरेको थियो ।