नारायणपुर, २६ पुस । जिल्लामा जारी ट्राफिक सचेतना अभियान अन्तरगत अस्थाई ट्राफिक प्रहरी पोष्ट नारायणपुरले सचेतना कार्यक्रमर्ला तीव्र रुपमा अगाडी बढाएको छ ।

b-1ईलाका प्रहरी कार्यालय नारायपुरसँगको समन्वयमा ट्राफिक प्रहरी पोष्ट नारायणपुरले आफ्नो कार्य क्षेत्रभित्र सचेतना कार्यक्रमलाई तीव्र रुपमा अगाडी बढाईरहेको छ । सचेतना कार्यक्रम अन्तरगत हापुर मावि निघुवारमा कार्यक्रम सम्पन्न भएको छ ।

विद्यालयमा अन्ययनरत विद्यार्थीहरुलाई ट्राफिक नियमका बारेमा अस्थाई ट्राफिक प्रहरी पोष्ट नारायणपुरका प्रमुख प्रहरी सहायक निरिक्षक विष्णु केसीले जानकारी गराएका थिए ।

कार्यक्रममा सहभागी विद्यार्थीहरुले ट्राफिक नियम पालना गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । सचेतना कार्यक्रममा कक्षा ९, १०, ११ र १२ कक्षामा अध्ययनरत डेढ सयबढि विद्यार्थीहरुको सहभागीता रहेको थियो ।