तुलसीपुर, २६ पुस । तुलसीपुर नगर जेसीजले विपन्न परिवारकी क्यान्सर पीडीत महिलालाई आर्थिक सहयोग गरेको छ । आर्थिक अभावका कारण उपचारमा समस्यामा परेकी ३३ वर्षिया दुर्गी विकलाई उपचारमा सहयोग गरेको हो ।

1जेसीजले रिपोटर्स क्लव दाङको समन्यवमा १० हजार आठ सय ५० रुपैया सहयोग गरेको हो ।  क्लव दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर नगर जेसीजका अध्यक्ष विमल पौडेलले सो रकम पीडितका छोरा राजेश विक र छोरी बालिका विकलाई आज हस्तान्तरण गरेका हुन् ।

खुट्टामा क्यान्सरबाट पीडित तुलसीपुर १९ कचिलाकी दुर्गी विकको हाल भारतको पञ्जावमा उपचार भइरहेको परिवारले जनाएको छ ।